होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार रिपोटर्स क्लब नेपालमा सात वटा कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन्।केन्द्रले अन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो। नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ।कार्यक्रममा पुनर्गठित ने.क.पा […]
२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ । संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन् । रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म […]
२ माघ, काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ । विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने […]
२ माघ, काठमाडौं । सरकारले सर्वोच्च अदालतमा बुझाएको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सर्वोच्च अदालतबाट फिर्ता लगेको पाइएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै रिट परेपछि सर्वोच्चले ५ पुसमा बसेको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिसमक्ष पेश भएको सिफारिसको सक्कल पनि माग गरेको थियो । प्रधानमन्त्रीको लिखित […]
२ माघ, काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि प्रहरी समायोजन प्रक्रिया अलमलमा परेको छ । वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा भएपछि प्रहरी समायोजन समितिको सचिवालयले सूचनासमेत जारी गर्न नसक्ने देखिएको हो । मन्त्रिपरिषद्ले २७ कात्तिकमा ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम), २०७७’ लाई स्वीकृत गरेसँगै […]
काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् । बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सुरु […]
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर […]
जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति साह्रै धेरै निरास छन् । लक्ष्मी बस्नेत, खोज पत्रकारिता केन्द्र धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्यो । फूलमाया, […]
काठमाडाैं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा चलिरहेको सुनुवाईले आजपनि निरन्तरता पाउने भएको हो । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने […]
२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको […]
नयाँदिल्ली — भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रवार बिहान आफ्ना समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्दैछन् । हैदरावाद हाउसमा बिहान ११ बजे हुने उक्त भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । बिहीबार साँझ कुराकानीमा मन्त्री ज्ञवालीले दिल्लीमा हुने राजनीतिक भेटघाट नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, ईपीजी र कोभिड–१९ […]
काठमाडौँ — नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय ‘पर्ख र हेर’ कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिक रूपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा कांग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ । निर्वाचन वा […]
धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणिका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक […]
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा […]
२ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । […]
२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । मौसमविद विभूति पोखरेलका अनुसार अहिले […]
काठमाण्डाै – कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम […]
धनगढीःसुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु सत्ता समिकरणको जोड घटाउमा पर्ख र हेरको अवस्थामा रहेका छन। प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले सत्ता फेरबदल गर्ने कसरत जारी राखेका बेला दुवैतिरका प्रदेशसभा सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्। प्रचण्ड–नेपाल समूहभित्र आकांक्षी धेरै हुँदा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई समेत सकस भइरहेको […]
काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने […]
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।