होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : घाइते दुई जनाको मृत्यु
समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : घाइते दुई जनाको मृत्यु

  • नागरिक रैबार
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : घाइते दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणिका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक अस्पताल र धनगढीको गोदावरी राईस मिल नजिक बस्ने २५ वर्षीय मोटरसाइकल चालक आशिष जोशीको निशर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

सोही मोटरसाइकल दुर्घटनामा परि कैलालीको लम्कीचुहा नगरपालिकाका निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार