होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २६ कार्तिक । कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।
काठमाडौँ । किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै […]
२६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
२५ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका […]
काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदी बहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । […]
फुङलिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका […]
२६ कात्तिक, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धान निःशुल्क काट्न शुरु गरेको छ । मजदुर लगाएर काट्नुपर्ने झन्झटबाट किसानलाई मुक्ति दिनका लागि गाउँपालिकाले आफ्नो ट्याक्टरको प्रयोग गरेर धान काट्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिकाले खरिद गरेको चार वटा ट्याक्टरको प्रयोग गरी मंगलबारदेखि किसानको धान काटिदिन थालेको बताए । ८ […]
चितवन । जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताए । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए […]
२६ कात्तिक, काठमाडौं । २० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गर्यो, जसअनुसार कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू भएको छ । १९ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि भने नयाँ पाठ्यक्रम कार्यान्वयन रोकिएको छ । न्यायाधीश पुरुषोत्तम […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद वामदेव गौतमको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा […]
२६ कात्तिक, काठमाडौं । पशुपति आर्यघाटको चिता नम्बर १ मा दुई साताअघि खोटाङकी चुनादेवी कटुवालको शव जलाइँदै थियो । मलामी गएका आफन्तहरु भावविह्वल थिए । शव जलेर सकिनै लाग्दा मृतकका आफन्त हेमराज कार्कीले शव जलाउने काममा खटिएका पशुपति क्षेत्र विकास कोषका कर्मचारीलाई नजिकै बोलाए र ६०५ रुपैयाँ दिए । पैसा लिनेबित्तिकै ती कर्मचारी निकै […]
२६ कात्तिक, काठमाडौं । युरोपमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले मंगलबारको तथ्यांकअनुसार पछिल्लो समय युरोपमा कोरोनाका संक्रमित तथा मृतकको संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन लाख नाघेको हो । युरोपका अधिकारीहरुले युरोपमा निरन्तर कोरोनाबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या निरन्तर बढ्न […]
बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । […]
२६ कात्तिक, काठमाडौं । गत मंगलबार भारतको बिहारको विधानसभा निर्वाचनका साथै अन्य केही राज्यमा पनि उपनिर्वाचन भएको थियो । जसमध्येको सबैभन्दा महत्वपूर्ण उपनिर्वाचन मध्यप्रदेशको मानिएको थियो । यो राज्यमा २८ सिटमा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा भाजपाले १९ सिटमा जित हात पारेको छ । कांग्रेसले ९ सिटमा जित हात पारेको छ । गत मार्चमा […]
विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । कात्तिक मसान्तसम्ममा बेसको काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार स्थानीयवासीसँग […]
भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् । कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि […]
२६ कात्तिक, काठमाडौं । लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत […]
हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा […]
२६ कात्तिक, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । पार्टीभित्रको आन्तरिक किचलो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग […]
राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले […]