होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने […]
धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद पद मुक्त भएका छन् । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न […]
आज सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई सपथ सुवाएका छन्। उनले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीमा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय […]
नागरिक रैबार बाजुरा २७ पुस नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सूरु भएको छ । आजबाट सूरु भएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समद्घाटन् गरेका हुन् । नेपाल प्रेस युनियन सुदुरपश्चिमको प्रथम अधिवेशन प्रेम चुनाराको अध्यक्षतामा सूरु भएको छ । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेसका […]
दार्चुला — ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको […]
काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो ।शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन समितिका […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्याकालको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघदेखि कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेताको मन्तव्यका लागि विशेष समय छुट्याएका थिए । मन्तव्यका क्रममा नागरिक उन्मुक्तिका सांसद चौधरीले माघभित्रै टीकापुर घटनाका […]
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए । […]
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा नरेश कुमार शाही चयन भएका छन् । बाजुरा निर्वाचन क्षेत्र (क) बाट विजयी शाही दलको प्रमुख सचेतक बनेका हुन् । नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरेको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको […]
काठमाडौं: नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन्। उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन्। पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने बताएका […]
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी […]
डडेल्धुरा,असोज २३ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ ।उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री […]
धनगढीः सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। पाँच वर्षमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार चाँडपर्व खर्च बुझेका छन्। सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका […]