होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा सरकार विस्तारको तयारी
प्रदेश ७

सुदूरपश्चिममा सरकार विस्तारको तयारी

  • नागरिक रैबार
सुदूरपश्चिममा सरकार विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नेतृत्व सम्हालेको ३ महिनापछि बल्ल सरकार विस्तारमा गृहकार्य अघि बढेको हो । नेपाली कांग्रेसका सांसद प्रकाश बमले नेकपा माओवादी र नागरिक उन्मुक्तिले आफ्नो हैसियतभन्दा बढी मन्त्रालय खोजेको र अझैसम्म मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा सरकार विस्तारमा ढिला भएको आरोप लगाए । उनले आज या भोलिसम्ममा सरकारले पूर्णता पाउने दाबी गरे ।

सांसद बलमे भने, ‘मुख्यमन्त्रीज्यू आजै मन्त्रीमण्डललाई पूर्णता दिने मनस्थितिमा हुनुहुन्छ । तर मन्त्रीमण्डल विस्तारको बल माओवादी र नागरिक उन्मुक्तिको कोर्टमा छ । उहाँहरुबाट नाम आउने बित्तिकै पूर्णता पाउँछ ।’ उता नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले कांग्रेसले आफ्नो धरातल बिर्सिएकाले मन्त्रीमण्डल विस्तारमा समस्या आएको बताएका छन् ।

नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले भने, ‘हामी केन्द्रकै सहमतिमा अडिग छौं । प्रधानमन्त्रीज्यूसँग हामीले २ वटा मन्त्रालय पाउने सहमति भएको छ । सहमति पालनामा कांग्रेस र माओवादी जिम्मेवार बन्नुपर्छ ।’ नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने लाइनमा देखिएका छन् ।

विज्ञापन

माओवादी केन्द्रका उपनेता अक्कल रावलले मन्त्रालय भागबण्डामा कांग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । मन्त्रालयको प्रकृति र गुणको आधारमा न्यायोचित ढंगले भागबण्डा टुंग्याउनुपर्ने उनको भनाइ छ ।

माओवादीभित्र मन्त्री बन्नेहरुको लाइन लामो छ । मन्त्री बन्ने लाइनमा रमेश धामी, अक्कल रावल, ओम बिक्रम भाट, शिव ओली, लक्ष्मी बिक छन् । प्रदेश सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालयमा दाबी गरेको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ भने थप एक मन्त्रालयमा उसको दाबी छ ।

आर्थिक मामिला मन्त्रालय पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि थप एक मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले भने माओवादी केन्द्रलाई २ र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय लिन प्रस्ताव गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार