होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र […]
देशमा राज्य आतंकको बादल मडारिरहेको बेला प्रकृतिले पनि विश्राम लिएको छैन। निरन्तरको बर्खेझरीले सुकुम्बासी, श्रमजीवी, मजदुर र किसानको पीडामा झन् पीडा थपिरहेको छ। बस्तीहरू डुबानमा परिरहेका छन्, खोलानालाले उग्र रूप धारण गरिरहेका छन्, र हजारौं नागरिक त्रास र अनिश्चितताबीच रात कटाउन बाध्य छन्।☝️ यस्तो कठिन समयमा राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा, राहत र विश्वासको प्रत्याभूति […]
बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् । उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुको उद्दारका लागि सुर्खेतबाट केही बेरअघि हेलीकोप्टर उडेको […]
वाग्मती नदीको उर्लिंदो बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो । हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु […]
नेपाली साँङ्गितिक आकाशमा उदाएका हरेक गीत केवल सुन्न र हेर्नेका लागि मात्रै बन्दैनन् । केही गीतहरू अहिलेकाे समयसँग संवाद गर्छन्, समाजलाई ऐना देखाउँछन् र राष्ट्रलाई आत्ममन्थन गर्न बाध्य बनाउँछन्। “कलाले केवल मनोरञ्जनकाे साधन मात्र होइन, समाजलाई दिशा पनि दिन सक्छ भन्ने विश्वासलाई मेराे पनि हाेइन र याे देश ? भाग २ ‘कर्तव्य’ नामक बाेलकाे गितले […]
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटेको दाबी गरेका छन्। लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन कांग्रेस फुटेको उनको भनाइ थियो। मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै उनले भने, ‘यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई मिल्न नदिनका लागि कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली कांग्रेस त फुट्यो।’ अरू पार्टीलाई पनि फुटाउने […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् । संविधान […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल एकता गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँग तत्काल एकता नभई सहकार्य गर्न सकिने र त्यो आवश्यक रहेको बताएका हुन्। ‘राष्ट्रिय स्वाधिनताका पक्षमा […]
करिब दुई साता लामाे चीन भ्रमण सम्पन्न गरी बाजुराकाे बुढीनन्दा नगरपालिकाका मेयर जनककुमार बाेहरा नेपाल फर्किएका छन्। भ्रमणका क्रममा चीनका विभिन्न शहर तथा स्थानीय सरकारका प्रतिनिधिसँग भेटघाट, विकास निर्माण, पूर्वाधार, कृषि तथा पर्यटन क्षेत्रका अभ्यासबारे अध्ययन गरिएको शुक्रबार साँझ मेयर बोहराले सामाजिक संजालमा चीन भ्रमणका क्रममा खिचेका तस्बिर सेयर गर्दै बताएका छन्। मेयर बोहराले सामाजिक […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकामा २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकामध्ये […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापति पदका लागि इन्जिनियर प्रकाश विष्ट र जनकसिंह धामीबीच प्रतिस्पर्धा हुने भएको छ। धनगढीमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा निवर्तमान प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति रहेका विष्टले विगत चार वर्षदेखि तदर्थ समितिको […]
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटलाई २०८३ साल जेठ महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” का रूपमा छनौट गरी एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । डीएसपी उद्धब सिंह भाट जेठ महिनाको “Best Police of the Month” घोषित भएका हुन् । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ। समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्। बैठक सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले […]
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्। पार्टीले सुरू गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा आज बोल्दै पौडेलले एमाले यही रूपमा र यस्तै ढंगले सञ्चालन हुन नसक्ने पनि बताए। पौडेलले यस्तो कुरा राख्दा मञ्चमा अध्यक्ष केपी शर्मा ओली पनि थिए। ‘हाम्रो पार्टी यही […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्। बुधबार नयाँ दिल्लीमा भेटेपछि विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने मोदीको धारणामा आफू सहमत भएको लामिछानेले बताएका हुन्। मोदीले दुई पक्षबीच भएको भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए। त्यसलाई सेयर गर्दै […]
राजेन्द्र विक बाजुरा,१२जेठस्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोट मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले स्थानीय राजनीतिमा सक्रिय तथा संघर्षशील युवा अमर कडारालाई वडा सभापतिमा चयन गरेको छ।लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका कडारा जनतामाझ इमानदार, स्पष्टवक्ता र जनपक्षीय नेताका रूपमा परिचित छन्। आर्थिक अभाव, सामाजिक चुनौती र विभिन्न दबाबका बीच […]
चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ ।९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ । उद्घाटन समारोहमा […]
बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्यकाे भिरबाट खसेको ढुङ्गा लागेर निधन भएको छ। मंगलबार साँझ साेही नगरपालिका-६ काे फालासैन बजारबाट घर फर्किने क्रममा गइगाड खाेला नजिकैकाे भिरबाट खसेकाे ढुंगा लागेर वडा नम्बर ३ कि ३७ वर्षिया जननिर्वाचित महिला वडा सदस्य कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको हाे ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ अनुसार बडीमालिका नगरपालिका–८ बाजुराका प्रकाश रावल जिल्ला युवा सशक्तिकरण समिति बाजुराको अध्यक्ष पदमा मनोनित भएका छन् । मन्त्रालयको २०८३ जेठ २३ गतेको निर्णयअनुसार रावललाई उक्त पदमा मनोनित गरिएको पत्रमार्फत जानकारी गराइएको हो । प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ […]
काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। यसअघि नै न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा संवैधानिक परिषद्ले बिहीबार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त […]