होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बिहीबारबाट सुरु भएको छ । कोरोना संक्रमणका कारण सरकारले समूहमा खेलिने खेलको प्रशिक्षणमा रोक लगाएका कारण गत चैतदेखि फुटबल, क्रिकेट लगायत खेल गतिविधि ठप्प थियो । अहिले पनि सरकारले त्यो प्रतिबन्ध हटाएको छैन । तर दुई हप्तापछि […]
काठमाडौं । इटालीका लिजेन्ड फुटबलर क्रिश्चियन वियरीले बार्सिलोनाका लियोनेल मेस्सी फुटबलका ह्यारी पोटर भएको बताएका छन् । बुधबार भएको च्याम्पियन्स लिगको खेलमा युभेन्टसलाई बार्सिलोनाले हराएसँगै विएरीले यस्तो बताएका हुन् । बार्सिलोनाले युभेन्टसलाई २-० ले हराउँदा मेस्सीले पहिलो गोलका लागि उस्मान डेम्बेलेलाई पास उपलब्ध गराएका थिए भने अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाली चुमाएका […]
लन्डन — जोसुआ किमिचले ७९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । बायर्नले प्रतियोगितामा आफ्नो लगातार जितको क्रमलाई १३ खेल पुर्यायो । बायर्नले लियोन गोरेट्ज्काको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो, तर एन्टोन मिराचुन्कले बराबरी गोल फर्काए । किमिचले […]
१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, […]
११ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे । मन्दीप सिंहले नटआउट […]
डच महारथीले लिग इतिहासकै सबैभन्दा ठूलो जीत हासिल गर्दै भीभीभी भेन्लोलाई पराजित गरेको छ । १० खेलाडीमा सिमित भेन्लोमाथि आयाक्सले १३–० को विशाल जीत हासिल गर्न सफल भएको हो । यसअघि, सन् १९७२ भिटेसेविरुद्ध आफैले बनाएको १२–१ को जीतको कीर्तिमालाई आयाक्सले उछिन्न सफल भएको हो । आयाक्सको जीतमा युवा खेलाडी लासिना ट्राओरे एक्लैले ५ गोल […]
८ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ । मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे । यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। रानीबन स्पोर्ट क्लवद्धारा आयोजित सेबन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको छ । बडा दशैं तथा शुभ दिपावली २०७७ को अवसरमा रानिवन स्पोट्र्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको हो । कार्तिक १ गतेबाट बाजुरा क्याम्पसमा संचालन भएको उक्त प्रतियोगितामा २४ टिम मध्ये […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो । […]
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ । समूह एचमा रहेका दुवै टोलीको पहिलो खेल पीएसजीको घरेलु मैदानमा पार्स देस प्रिन्सेजमा हुनेछ । गत सिजन च्याम्पियन्स लिगको उपविजेता रहेको […]
४ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ । चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा […]
काठमाण्डाै – फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको […]
१ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विन्टन […]
३० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो । पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ […]
२९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी […]
२७ असोज, काठमाडौं । बेलायतका फुटबल लिजेन्ड पाउल स्कोल्सले युवा स्ट्राइकर इर्लिङ हाल्यान्ड विश्व फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने विश्वास व्यक्त गरेका छन् । बोरुसिया डर्टमन्डका २० वर्षका स्टारले बुन्डेसलिगा क्लबका लागि १४ लिग म्याचमा सनसनीपूर्ण प्रदर्शन गर्दै १७ गोल गरेका थिए । हाल्यान्ड गत जनवरीमा मात्रै रेड बुल साल्जबर्ग छोडेर डर्टमन्डमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन […]
एजेन्सी- इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए । जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।६४औं मिनेटमा व्यक्तिगत […]
नागरिक रैबार/बाजुरा २३ असोज। प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको विजेता बडीमालिका नगरपालिका ९ बनेकाे छ । बडीमालिका वडा नं. ८ को आयोजनामा भएकाे उक्त प्रतियोगितामा आज विहान भएको फाईनल खेलमा बडीमालिका ८ लाई पराजित गर्दै बडीमालिका ९ ले प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित २० हजार […]