होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • दिल्लीद्वारा बैंगलौर पराजित, दुबै टिम प्लेअफका लागि छनोट
क्रिकेट

दिल्लीद्वारा बैंगलौर पराजित, दुबै टिम प्लेअफका लागि छनोट

  • नागरिक रैबार
दिल्लीद्वारा बैंगलौर पराजित, दुबै टिम प्लेअफका लागि छनोट

१८ कात्तिक, काठमाडौं । दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो ।

बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो ।

विज्ञापन

अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।

दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ ।

बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ ।

प्लेअफमा पुग्न मंगलबार हैदरावादले शीर्षस्थानको मुम्बईलाई पराजित गर्नुपर्नेछ । मुम्बईले हैदरावादलाई हराएको अवस्थामा भने कोलकता प्लेअफमा पुग्नेछ ।

१२–१२ अंक जोडेको किंग्स इलाभेन पञ्जाब, चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार