होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ असार, काठमाडौं । विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो । अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन भएको […]
काठमाडौं: जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्। जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले औँयाएका हुन्। स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा […]
२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ । ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ […]
२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो । मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, […]
एजेन्सी, २० जेठ । भारतमा लकडाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जोखिम कम रहेका क्षेत्रहरुमा लकडाउन खुल्न थालेको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लकडाउन अन्तको घोषणा गरिएको छ । त्यहाँ पाँच चरणको लकडाउने खोल्ने योजना घोषणा भइसकेको छ ।मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणवद्ध तरिकाले लकडाउन हटाइँदैछ […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा […]
१७ जेठ, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै […]
१४ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म […]
७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा माथि सबैलाई भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागू हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी […]
दुबईका एक बडी बिल्डरमाथि एक भयानक दुर्घटना भएको छ । रायन क्रोली नामका यी बडी बिल्डर जिममा बेन्च प्रेस व्यायाम गरिरहेका थिए । रायनले असाध्यै भारी तौल उठाएका थिए जसका कारण उनको नियन्त्रण गुम्यो र उनको दाहिने हातको मांसपेशी फुट्यो र उनलाई भर्ना गर्नुपर्यो । रायनका ट्रेनर पनि उनीसँगै थिए । रायनको टाउकोमा मेसिन नखसोस् […]
१३ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो । बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै […]
काठमाण्डाै – भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ‘डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ । काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण […]
११ चैत, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् । विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा […]
१० चैत, काठमाडौं । अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ । मंगलबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अष्ट्रेलियाको संसद् भवनमा यौनजन्य क्रियाकलापको भिडियो सार्वजनिक हुनु आश्चर्यजनक र घृणित भएको बताएका छन् । मौरिसनले यौनजन्य क्रियाकलापको आरोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकाला गरिएको बताएका छन् । टेन नेटवर्क टेलिभिजन न्युजले सोमबार […]
९ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्मअनुरुप नचलेको बताएका छन् । सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणका लागि नभई राजनीतिक पार्टीको प्रचारप्रसारमा केन्द्रित भइरहेको आरोप लगाए । यसका लागि सामुदायिक रेडियोहरुको नियमन गर्नु आवश्यक […]
३ चैत, काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ । यद्यपि चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ । योसँगै नेपालमा पनि चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको […]
२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । यसले सुरक्षित रुपमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सकिने समर्थकहरुले बताएका छन् । चीन र इजरायलजस्ता […]
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो । मंगलबार बसेको आयोगको […]
१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले […]
१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]