होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिडियोः व्यायाम गर्नेबेला बडी बिल्डरको मांसपेशी फुट्यो, शल्यक्रियाका लागि जुटाए ४४ लाख
समाचार

भिडियोः व्यायाम गर्नेबेला बडी बिल्डरको मांसपेशी फुट्यो, शल्यक्रियाका लागि जुटाए ४४ लाख

  • नागरिक रैबार
भिडियोः व्यायाम गर्नेबेला बडी बिल्डरको मांसपेशी फुट्यो, शल्यक्रियाका लागि जुटाए ४४ लाख

दुबईका एक बडी बिल्डरमाथि एक भयानक दुर्घटना भएको छ । रायन क्रोली नामका यी बडी बिल्डर जिममा बेन्च प्रेस व्यायाम गरिरहेका थिए । रायनले असाध्यै भारी तौल उठाएका थिए जसका कारण उनको नियन्त्रण गुम्यो र उनको दाहिने हातको मांसपेशी फुट्यो र उनलाई भर्ना गर्नुपर्यो ।

रायनका ट्रेनर पनि उनीसँगै थिए । रायनको टाउकोमा मेसिन नखसोस् भन्ने कुरामा उनी केन्द्रीत थिए । रायनले उक्त व्यायामका बेला १८० किलो तौल उठाएको बताइन्छ । भिडियोमा देखिए अनुसार रायनले असाध्यै भारी बेन्च प्रेस गर्नेबेला तौललाई माथि लैजाने क्रममा अचानक उनको दायाँ हातको मांसपेशी फुट्यो र रायन पीडाका कारण तड्पिन थाले ।

स्मरण रहोस् रायनका कोच ल्यारीले उनका लागि गोफन्डमी मा सहयोग गरेका थिए र यो फन्ड पेजको सहारामा रायनका लागि पाँच दिनमा लगभग ३८ हजार डलर अर्थात् ४४ लाख डलर जुटाइयो । रायन बेलायतका हुन् र दुबईमा उनका इन्स्योरेन्सले उनको मेडिकल बिल कभर गर्न सक्दैनथ्यो ।

विज्ञापन

रायनको शल्यक्रिया भइसकेको छ । उनले इन्स्टाग्राममा पोट गर्दै एक घण्टामा हुनुपर्ने शल्यक्रिया चार घण्टामा पूरा भएको बताए । उनले लेखे, ‘म शल्यक्रिया हुनुअघि निकै डराएको थिएँ र मेरो बडी बिल्डिङको करियर सुरु हुनु अघि नै समाप्त हुने हो कि भन्ने डर थियो ।’

रायनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखे, ‘मलाई अहिले पनि असाध्यै दुखिरहेको छ । टाउकोदेखि खुट्टासम्म पूरा शरीर सुन्निएको छ । यद्यपि, रिकभरीको सुरुवात अब हुन्छ । मैले आफ्नो हात फिर्ता पाउनका लागि एक गम्भीर योजना फलो गर्नुपर्नेछ । सबैभन्दा पहिला त म यस्तो हातसहित घरमा सहज हुनुपर्नेछ र त्यसपछि बिस्तारै म जिममा जानेछु ।’

https://www.instagram.com/p/CMpLJ6Rs9Ij/

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै