होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामुदायिक रेडियोहरुको अनुगमन आवश्यक : मन्त्री गुरुङ
समाचार

सामुदायिक रेडियोहरुको अनुगमन आवश्यक : मन्त्री गुरुङ

  • नागरिक रैबार
सामुदायिक रेडियोहरुको अनुगमन आवश्यक : मन्त्री गुरुङ

९ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्मअनुरुप नचलेको बताएका छन् ।

सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणका लागि नभई राजनीतिक पार्टीको प्रचारप्रसारमा केन्द्रित भइरहेको आरोप लगाए ।

 

विज्ञापन

यसका लागि सामुदायिक रेडियोहरुको नियमन गर्नु आवश्यक रहेको उनले औंल्याए । सामुदायिक रेडियोहरु समुदायको निम्तिभन्दा पनि पार्टी र नेताहरुको चुनावी प्रचारप्रसारको माध्यम बनेकाले यस्ता विकृति, विसंगतिलाई नियन्त्रण गर्न नियमन आवश्यक रहेको उनको भनाइ छ ।

‘सामाजिक रुपान्तरणको निम्तिभन्दा पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरुमा पनि व्यक्तिको आफ्नो चुनावप्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार रेडियो चलेको छ कि छैन, त्यो एकपटक फेरि समीक्षा गर्ने कि नगर्ने ? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुराको पनि एकपटक समीक्षा गरौं ।’

मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले आफूले उत्पादन गर्ने समाचार तथा विषयवस्तुबारे पनि नीतिगत रुपमा बहस गर्नुपर्ने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार