होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो
समाचार

म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

  • नागरिक रैबार
म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

१३ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो ।

बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा पनि १६ वर्षीय एक किशोरको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एएपीपीका अनुसार यो आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्छ । ‘मानवताविरुद्धको अपराध दैनिकजसो भइरहेको छ’, एएपीपीले बताएको छ ।

 

विज्ञापन

म्यानमारको सेनाको शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेको भन्दै पश्चिमा मुलुकले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएका छन् । सेनाले भने आन्दोलनमा अनावश्यक बल प्रयोग नगरेको दाबी गर्दै आएको छ । सेनाले अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै आन्दोलन नियन्त्रणको प्रयास गर्दै आएको दाबी गरेको छ ।

मंगलबार सेनाका प्रवक्ताले आन्दोलनमा १६४ प्रदर्शनकारी र नौ सुरक्षाकर्मीको मृत्यु भएको बताएका थिए । एएपीपीको तथ्यांकअनुसार म्यानमारमा ज्यान गुमाउनेमध्ये २५ जनालाई टाउकोमा गोली हानिएको थियो ।

त्यस्तै मारिनेमा ९० प्रतिशत पुरुष छन् भने एक तिहाइ मानिसहरु २४ वर्षभन्दा मुनिका छन् । सेभ द चिल्ड्रेनका अनुसार यो आन्दोलनमा कम्तीमा २० बालबालिका मारिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार