होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बडीमालिका
  • बाजुरामा पुष्पलाल स्मृति भवनको उद्धघाटन
बडीमालिका

बाजुरामा पुष्पलाल स्मृति भवनको उद्धघाटन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा पुष्पलाल स्मृति भवनको उद्धघाटन

नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मृति भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटीको आयोजनामा उक्त भवनको उद्धघाटन गरिएको हो ।

 प्रदेश सरकारको २० लाख लागतमा निर्माण गरिएको एक तले भवनकाे आज नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोग गर्ने गरि उद्घाटन गरिएकाे नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले  बताएका छन् ।

पुष्पलाल स्मृति भवन उद्धघाटन संगै भाडामा रहेको नेकपा एकिकृत समाजबादी पार्टीको कार्यालय सो भवनमा सरेको पार्टीका सचिव निरबहादुर शाहीले बताए ।

विज्ञापन

भवन उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका जेष्ट सदस्य जया ल्वारले रिवन काटेर उद्धघाटन गरेका थिए ।

नेकपा एकिकृत समाजबादी पार्टी बाजुराका सचिव तथा पुष्पलाल स्मृति प्रतिष्ठान बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका जेष्ठ सदस्य जया ल्वार रहेका थिए । बिशिष्ठ अतिथिमा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।

 पार्टीका उप सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष दिर्घराज पाध्यायले संचालन गरेको कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा कार्यक्रताहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार