होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • युवा संघका अध्यक्ष नरेशकुमार बाजुराबाट उम्मेदवार सिफारिस
Breaking News

युवा संघका अध्यक्ष नरेशकुमार बाजुराबाट उम्मेदवार सिफारिस

  • नागरिक रैबार
[sharethis-inline-buttons]
युवा संघका अध्यक्ष नरेशकुमार बाजुराबाट उम्मेदवार सिफारिस

नागरिक रैबार/बाजुरा १३ भदौ । युवा संघका अध्यक्ष नरेशकुमार शाही आगामी मंसिर ४ मा हुने चुनावका लागि बाजुराबाट उम्मेदवार सिफारिस भएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधि सभाका लागि उनलाई उम्मेदवार सिफारिस गरिएको हो।

जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीलाई सिफारिस गरेको छ।

साथै प्रदेश (ख) का लागि केन्द्रीय सदस्य गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको हो। संघीय समानुपातिकतर्फ काँशी नेपाली, दावा गुरूङ भोटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरेको छ।

विज्ञापन

त्यस्तै प्रदेश समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारिस गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै