होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिलाई भावुक बनाउने मनोज गजुरेलको त्यो कमेडी
समाचार

राष्ट्रपतिलाई भावुक बनाउने मनोज गजुरेलको त्यो कमेडी

  • नागरिक रैबार
राष्ट्रपतिलाई भावुक बनाउने मनोज गजुरेलको त्यो कमेडी

काठमाडौं । शक्तिशाली कमेडियन हुन् मनोज गजुरेल । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘छोरी’ कार्यक्रममा उनले बेजोड कलाकारितालाई थप पुष्टि गरे ।

विधुवा आमाको चरित्रमा उनले पस्किएको प्रस्तुतिले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रेक्षालयमा उपस्थित महिलालाई भावुक बनायो । उनको यो स्ट्यान्ड अप प्रस्तुतिमा विधुवा आमाको सन्तानप्रतिको स्नेह, मर्म र सपना चित्रण थियो ।

हिन्दू महिलाको पर्व हरितालिका तीजको छेकोमा सिस्नुपानी नेपालले आयोजना गरेको ‘छोरी’ कार्यक्रममा मनोजले सबैलाई रुवाए । राष्ट्रपति भण्डारीदेखि राजनीति, समाज, उद्यम क्षेत्रका महिलाले चाख मानेर उनको प्रस्तुति सुने ।

विज्ञापन

आमाको चरित्रमा गजुरेलले भने, ‘जब उहाँ जानुभयो, अनि मात्र थाहा पाएँ, श्रीमान् र श्रीमतीको माया कति गहिरो हुँदो रहेछ भनेर । सासू ससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो । छोराछोरीका लागि एउटा बाउ मर्‍यो । तर मेरा लागि संसार मर्‍यो । साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’

गजुरेलले बुढीआमाकै पहिरनमा प्रस्तुत भएर दर्शकलाई मनोरञ्जन गराए । अभिनेता मदनकृष्ण श्रेष्ठको छोरी सम्बन्धी प्रस्तुतिले पनि दर्शकलाई हँसायो । कवि अर्जुन पराजुली र लक्ष्मण गाम्नागेले कवितामार्फत समाज र राजनीतिलाई चोटिलो प्रहार गरे ।

कार्यक्रममा १२ जना छोरीले शास्त्रीय संगीत, १८ जना छोरीले नौमती बाजा र ३४ जना छोरीले बाँसुरी वादन गरेका थिए । कवि कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माको कविता अनि अञ्जु पन्तको गीत प्रस्तुति गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार