होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • गायिका इन्दिरा जोशीको बिहे जेठ ३१ गते
मनोरञ्जन

गायिका इन्दिरा जोशीको बिहे जेठ ३१ गते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गायिका इन्दिरा जोशीको बिहे जेठ ३१ गते

गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन्।

गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्।
‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ,’ इन्दिराले सामाजिक सञ्जालमा राखेको बिहेको कार्डमा उल्लेख छ।

करिब दुई वर्षदेखि सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए।
शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार