होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए ।
विज्ञापन
बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । प्रतियाेगितामा बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित ५१ पदक प्राप्त गर्दै उपाधि जितेकाे हो । यसवर्ष अघि बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेकाे बडीमालिकाले यस वर्षपनि उपाधि जित्न सफल भएकाे हाे । […]
बाजुरामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारासहित मार्तडीमा प्रतियोगिता आयोजना गरिएको हो। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह–आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका छन्। विज्ञापन मालिका माध्यमिक विद्यालय, मार्तडीमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ स्थानीय […]
जिल्ला खेलकुद समिति बाजुराकाे अध्यक्षमा काेपिला सिंह नियुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको हाे । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र […]
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले […]
त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ […]
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक […]
फेसबुक प्रतिक्रियाहरु