होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपा (एस) बाजुराको प्रथम विस्तारित बैठक सकियो (यी भए निर्णय)
Breaking News

नेकपा (एस) बाजुराको प्रथम विस्तारित बैठक सकियो (यी भए निर्णय)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा (एस) बाजुराको प्रथम विस्तारित बैठक सकियो (यी भए निर्णय)

नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।
No description available.

उहाँका अनुसार संगठन विभाग प्रमुख निरबहादुर शाही, स्कुल विभाग प्रमुख नवराज जैशी, आर्थिक तथा योजना विभाग प्रमुख चिरन्जीवी शाही, प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रेमबहादुर विक, युवा तथा खेलकुद विभाग धर्म शाही, उद्योग तथा बाणिज्य विभाग मानबहादुर कुँवर, सहकारी विभाग, अशोक रावल, शिक्षा तथा मानवश्रोत विभाग पूर्ण बुढा, पुस्तकालय तथा अभिलेख विभाग दिर्घराज पाध्याय, कला साँस्कृतिक तथा संरक्षण विभाग लालबहादुर थापा र स्थानीय विभागमा भरत थापालाई जिम्मेवारी दिईएको छ ।

विज्ञापन

No description available.

त्यस्तै पार्टीका कामलाई स्थानीय तहहरुमा परिचालित र निर्देशित गर्न ९ वटै स्थानीय तहमा ईन्चार्जहरुलाई मनोनित गरेको छ । जस मध्ये बडीमालिका काँशी नेपाल, बुढीनन्दा तेज बहादुर रावत, बुढीगंगा भरत थापा र त्रिवेणी नगरपालिकामा शेरबहादुर शाहीलाई जिम्मेवारी दिईएको छ । त्यस्तै गाउँपालिका तर्फको ईन्चार्जहरुमा स्वामीकार्तिक खापर रत्नचन्द्र जोशी, जगन्नाथ दिपराज गिरी, गौमुल गणेश रोकाया, खप्तड छेडेदहमा खगेन्द्र नाथ र हिमाली गाउँपालिकामा पुरबहादुर रावतलाई जिम्मेवारी दिईएको छ ।
No description available.

नेकपा एकिकृत समाजवादीका बाजुरा अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य हिक्मतजंग शाही रहेका थिए भने विशिष्ठ अतिथि युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाही रहेका थिए । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रेमबहादुर विकले संचालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा जिल्लास्थित विभिन्न संचार माध्याममा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन रोयल होटल मार्तडीमा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ५७ मिनेटutes अगाडि

भर्खरै