संसद पुन ःस्थापना हुँदा लाेकतन्त्रकाे रक्षा भयाे: अध्यक्ष शाही
Breaking News
संसद पुन ःस्थापना हुँदा लाेकतन्त्रकाे रक्षा भयाे: अध्यक्ष शाही
नागरिक रैबार
[sharethis-inline-buttons]
अ
अ
अ
नागरिक रैबार । बाजुरा १२ फागुन । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले सर्वाेच्च अदालतले संसद पुनस्थापनाकाे फैसला गरेपछि लाेकतन्त्रकाे रक्षा भएकाे बताएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामिकार्तिक गाउँपालिकामा अायाेजना गरेकाे पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरणमा मन्तब्य राख्दै अध्यक्ष शाहीले यस्ताे बताएका हुन् ।
उनले सर्वाेच्च अदालतकाे संसद पुनस्थापनाकाे फैसलाले नेपाल र नेपाली जनताकाे लागि ठुलाे उपलब्धि भएकाे बताए । पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाहीले गाउँपालिकामा नै पहिलाे पटक केन्द्र देखि जिल्ला स्तरका पत्रकारहरूकाे सहभागिताले यस क्षेत्रका विभिन्न सवालहरूकाे उठान हुने अपेक्षा लिएकाे बताए ।
फेसबुक प्रतिक्रियाहरु