होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • इटालियन ओपन टेनिसको उपाधि जोकोभिचले उचाले
खेलकुद

इटालियन ओपन टेनिसको उपाधि जोकोभिचले उचाले

  • नागरिक रैबार
[sharethis-inline-buttons]
इटालियन ओपन टेनिसको उपाधि जोकोभिचले उचाले

एजेन्सी, ६ असोज । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् । यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो । महिलातर्फको उपाधि भने रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै