होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सामाजिक अभियान्ता थापाद्धारा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग
Breaking News

सामाजिक अभियान्ता थापाद्धारा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सामाजिक अभियान्ता थापाद्धारा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग

राजेन्द्र बिक/बाजुरा २४ पुस  । सामाजिक अभियान्ता बिरेनद्र थापाले आफ्नो जन्म दिनको अवसरमा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग गरेको छ । पछिल्लो समय बिबाह,बर्तबन्ध जन्म दिन लगायतका खुशिले मनाइने दिवसहरु साह्रै तडकभडक का साथ पार्टीप्यालेस ,रेस्टुरेन्ट,बार आदिमा मनाउने परम्परा चलिरहेका बेला सामाजिक अभियन्ता तथा बिश्व शिक्षा नेपाल मुगुका फिल्ड अधिकृत बिरेन्द्र थापाले आफ्नो जन्मदिन छायानाथरारा नगरपालिका चैन मा अवस्थित नेपाल राष्ट्रय आधारभूत बिद्यालयमा अध्यनरत दृष्टिविहिन बालबलिकाका साथ मनाएका हो ।

उक्त अवसरमा उहांले सो बिद्यालयमा अध्ययनरत ११ जना दृष्टिविहिन बालबालिकालाई झोला सहयोग गरेका हुन । दृस्टिबिहिन संगै अतिविपन्न परिवारका बालबालिकाले झोला पाएपछी खुसीले भएका छन् ।

आफ्नो सानो सहयोग ले बालबालिकाको मुहारमा एकैछिन् भए पनि मुस्कान देख्न पाए यो नै मेरो जन्म दिनको सबभन्दा ठूलो खुशिकोक्षेण हो ।मलाइ हजारौं मुल्य पर्ने केक काटेर पार्टी गरेर जन्मदिन मनाउनु छैन मेरो सानो सहयोगले दृष्टिविहिन बालबालिकालाई बिद्यालय जान अभिप्रेरित गर्न हौसला प्रदान होस् भन्ने उदेश्य ले उहांहरु संगै रमाइलो गर्दै झोला बितरण गरि जन्म दिन मनाएको सामाजिक अभियन्ता थापाको भनाइ रहेको छ ।

विज्ञापन

उता बिद्यालय परिवार र अभिभावकले पनि थापाको यो पुण्य कार्यले दृष्टिविहिन बालबालिकाको मनोबल उच्च बनाउन टेवा पुग्ने भन्दै थापा प्रती आभार ब्यक्त गरेका छन् । थापा बाजुरा जिल्ला बुढिगंगा नगरपालिका घर भइ हाल मुगुमा कर्म थलो बनाउदै आइरहेका एक सामाजिक अभियन्ता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार