होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इरान र अमेरिका बीच तनाव बढेपछि, बिदेशमा भएका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह
समाचार

इरान र अमेरिका बीच तनाव बढेपछि, बिदेशमा भएका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

  • नागरिक रैबार
इरान र अमेरिका बीच तनाव बढेपछि, बिदेशमा भएका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाडौं–पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । इरानले अमेरिकी सैनिक रहेको दुई अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षे’प्या’स्त्र आ’क्रमण गरेको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै दूतावासले इरान र इराकमा रहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अपिल गरेको छ । दूतावासले नेपालीहरुका लागि दूतावासको टेलिफोन नम्बर २४ घन्टा खुल्ला राख्ने पनि जनाएको छ । इरान र इराकमा रहेका नेपाली सूरक्षीत रहेको दूतावासले जनाएको छ । हालसम्म कुनै पनि समस्या नआएको दूतावासले जनाएको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयले मध्यपुर्व देश र खाडीका देशमा रहेका नेपाली दूतावासलाई २४ घन्टा सम्पर्कमा रहन निर्देशन दिएको छ । त्यहाँ समस्या आए उद्धारका लागि तत्काल खटनुपर्ने भएकाले तयारी अवस्थामा बस्न मन्त्रालयले दूतावासलाई निर्देशन दिएको छ । इरान र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ । मभ्यपुर्व र खाडीका दे्शमा १७ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ ।

विज्ञापन

खाडीमा समस्या आए तत्काल उद्धार : श्रममन्त्री यादव सरकारले अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताए । “खाडीमा रहेको नेपाली श्रमिक समस्यामा परे पूरै सरकार उद्धारमा केन्द्रित हुनेछ”, उनले भने ।

मध्यपूर्वी क्षेत्रमा तनाव देखिने बित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उनले परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताए । “मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिवस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको छौँ, अप्ठयारो अवस्था आए कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गोमा पुग्नेछौँ”, उनले भने ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उहाँले जानकारी दिए । श्रम र परराष्ट्र सचिवस्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ थियो ।

खाडीका मुलुकमध्ये साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् । यस्तै यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै