होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • विपन्न विद्यार्थी र विरामीलाई सहयोग गरेर मनाए आरसी राेकायाले जन्मदिन
बाजुरा बिशेष

विपन्न विद्यार्थी र विरामीलाई सहयोग गरेर मनाए आरसी राेकायाले जन्मदिन

  • नागरिक रैबार
विपन्न विद्यार्थी र विरामीलाई सहयोग गरेर मनाए आरसी राेकायाले जन्मदिन

नागरिक रैबार/बाजुरा ९ फागुन। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव आरसी रोकायाले आफ्नो जन्मदिनकाे अवसरमा विरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन् ।

विरामीको स्वास्थ्य लाभ र विद्यार्थीको शैक्षिक सुधारको कामना सहीत जन्मदिन मनाएको आरसी रोकायाले बताएका छन् ।

जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना भएका विरामीलाई फलफूल वितरण सहीत स्वास्थ्य लाभको कामना गरेका रोकायाले दिउसाे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

विज्ञापन

बडीमालिका नगरपालिका ९ मा रहेको मष्टेश्वरी आधारभुत विद्यालयका १ सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई कापी र डटपेन सहयोग गरेका छन् । युवा माझ फरक परिचय बनाएका आरसीले जन्मदिन पनि बिशेष यादगर बनाएका छन् ।

जीउने शैली र फरक व्यक्तित्व क्षमता भएका आरसी रोकायाले आगामी वर्षका जन्मदिनलाई पनि केही फरक रुपमा मनाउने बचन दिएका छन् ।

शैक्षिक सामाग्री लिएर मष्टेश्वरी आधारभुत विद्यालय चौराटा पुगेका रोकायालाई विद्यालयका तर्फबाट प्रअ भक्तबहादुर विष्टले अविर खादा सहीत स्वागत गरेका थिए । दुई दर्जन बढी युवाहरुको टोली सहीत रोकाया शैक्षिक सामाग्री वितरण गर्न विद्यालय पुगेका थिए ।

पहिलो पटक केही फरक गरौ भन्ने सोचले नै सानो सहयोग गरेको हो, अनावश्यक खर्च धेरै भइरहन्छ, त्यसलाई व्यवस्थापन गरेर विद्यार्थीको शैक्षिक सुधारमा शुभेच्छा सहीतको सम्झाना बोकेर सहयोग गरिएको रोकायाले भन्नु भयो ।

सदरमुकामकै वडा भएर पनि पर्दा पछाडिको विद्यालयलाई सम्झेर सहयोग गर्न र जन्मदिन मनाउन आएकोमा विद्यालयले परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

मान्छेको जीवनको उत्सवको दिन जन्मदिन नै हुने भएकोले उत्सव मनाउन र विद्यार्थीको भविष्य प्रति चिन्ता राखेर शैक्षिक सामाग्री सहयोग गरेकोमा विद्यालयका प्रअ भक्तबहादुर विष्टले आरसी रोकायालाई धन्यवाद दिएका छन् ।

सबै विद्यार्थीले शैक्षिक सामाग्री प्राप्त गरेपछि खुसी भएका छन् । उनीहरुले विद्यालयमै बाहिरबाट आएर जन्मदिन मनाएको पहिलो पटक भएको स्मरण समेत गरेका छन् । आरसी रोकायाले पनि सकेको सहयोग र सम्झना गरिराख्नु विद्यार्थी माझ बाचा गरेका थिए ।

विद्यालयका शिक्षक, विद्यार्थी सहीत प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, युवा संघका जिल्ला अध्यक्ष मिलनजंग ऐडी, खेलकुद महासंघका अध्यक्ष लक्ष्मण रोकाया, नेकपा एमाले गौमुल गाउँकमिटी उपसचिव वीरेन्द्र बोहरा, नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमिति उपसभापति अविनाश बडुवाल, युवा संघका नेता रोजेन रावत, अमृत जैशी, मनोज रोकाया सहीत सहभागि थिए ।

कार्यक्रमको सहजीकरण अनेरास्ववियुका नेता किशान खत्रीले गरेका थिए । पछिल्लो समय जन्मदिन, विवाह उत्सवलाई समेत स्मरण योग्य बनाउने र सेवाकारी कार्यमा लगानी गर्नेहरुको संख्या बढीरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार