होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा दादुरा रुबेला खोप अभियान फागुन १३ देखि १५ गतेसम्म संचालन हुने
Breaking News

बाजुरामा दादुरा रुबेला खोप अभियान फागुन १३ देखि १५ गतेसम्म संचालन हुने

  • नागरिक रैबार
बाजुरामा दादुरा रुबेला खोप अभियान फागुन १३ देखि १५ गतेसम्म संचालन हुने

बाजुरा– बाजुरामा यहि फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने अभियान अनुसारमा बाजुरामा फागुन १३, १४ र १५ गते दादुरा-रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो ।

बुधवार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको दादुरा-रुबेला खोप अभियान २०८०।८१ सम्बन्धी अन्तक्रिया कार्यक्रममार्फत जानकारी दिइएको थियो ।

विज्ञापन

सो अभियान सम्बन्धी जिल्ला खोप समन्वय सरोकारवाला तथा सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको छ । सो अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला रोग बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप अभियानका लागि तयारी भइरहेकाले त्यसका लागि सुझाव सल्लाहका अन्तक्रिया कार्यक्रम गरेको जनाएको छ ।

अभियानमा जिल्लाका ९ वटै पालिकाका १सय ६५ खोप केन्द्रमा १३ हजार ९ सय ४२ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । त्यस्तै उक्त अभियानमा १ सय ६५ स्वास्थ्यकर्मी र २ सय ३० स्वयसेवक परिचालन गरिने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम बारे जानकारी स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले गराएका थिए भने कार्यक्रम स‌चालन रुगम थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि