होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत, पक्षमा पर्‍याे १५७ भाेट
देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत, पक्षमा पर्‍याे १५७ भाेट

  • नागरिक रैबार
प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत, पक्षमा पर्‍याे १५७ भाेट

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ ।

ad

 

बुधबार बसेकाे प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे हाे । उहाँकाे पक्षमा १५७, विपक्षमा ११० र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख देवराज घिमिरेले बैठकमा जानकारी दिनुभयाे ।

विज्ञापन

मतदानमा २ सय ६८ जना सांसद् उपस्थित थिए ।

उहाँलाई सत्ता गठबन्धनकाे प्रमुख घटक नेकपा एमालेका ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२, एकीकृत समाजवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ र १ स्वतन्त्र सांसद्ले मत दिएका छन् ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएकाे हाे । गत फागुन २१ मा कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितकाे नयाँ गठबन्धन बनाउनुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिनुभएकाे छ । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उहाँले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएकाे थियाे ।​ त्यसबेला उहाँलाई २ सय ७५ मध्ये २ सय ६८ सांसद्ले मत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पुरानाे गठबन्धन ब्युँताएपछि एमाले र रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका थिए । त्यसपछि प्रधानमन्त्री उहाँले गत वर्ष चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला उहाँकाे पक्षमा १ सय ७२ सांसद्ले समर्थन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार