होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सत्ता गठबन्धनले टुङ्ग्यायो १९ मन्त्रालय, ६ बाँकी
देश/प्रदेश

सत्ता गठबन्धनले टुङ्ग्यायो १९ मन्त्रालय, ६ बाँकी

  • नागरिक रैबार
सत्ता गठबन्धनले टुङ्ग्यायो १९ मन्त्रालय, ६ बाँकी

काठमाडौं- नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय  टुङ्ग्याउन भने बाँकी नै छ ।

चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ ।

हालसम्म माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम तय भइसकेको छ । यस्तै, रास्वपाबाट गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

विज्ञापन

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाने अन्य तीन जनामा उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री बन्ने भएका छन् ।

नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ । उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीको सपथ लिइसकेका पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।जसपाले पनि अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार