होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा खाद्यन्नपछि आयोडिनयुक्त नुनकाे अभाव
Breaking News

बाजुरामा खाद्यन्नपछि आयोडिनयुक्त नुनकाे अभाव

  • नागरिक रैबार
बाजुरामा खाद्यन्नपछि आयोडिनयुक्त नुनकाे अभाव

नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

सदरमुकामको नुन डिपाको गोदाममा समेत २५ क्वीन्टल मात्रै नुन मौज्दात रहेको साल्ट ट्रेडिङग कर्पोरेसन बाजुराका प्रमुख टेकबहादुर बोहराले बताएका छन् ।

जिल्लाका ४ वटा अस्थायी नुन डिपो मध्ये पुर्विउत्तरी क्षेत्रको कवाडी र कोल्टी डिपोमा नुन प्रयाप्त मात्रामा भएको र मार्तडीमा अभाव हुन् नदिनका लागि कोल्टीका लागि आएको १ सय क्वीन्टल नुन मार्तडीमै मौज्दात गरेर विक्रि वितरण गरिरहेको र बाम्का बजारमा रहेको डिपोमा भने केही दिनपछि नुनको आपुर्ति हुन्छ प्रमुख बोहराको भनाई छ ।

विज्ञापन

साल्ट ट्रेडिङग कर्पोरेसन सुदूरपश्चिम प्रदेशका प्रमुख बासुदेव उपाध्यायले बाजुराका लागि ११ सय क्वीन्टल नुनको थप कोटा स्वीकृत भएर ढुवानी प्रक्रिया गईसकेको बताएका छन् । बाजुरामा नुनको अभाव हुन् नदिन आजैबाट ठेकेदार कम्पनिसंग नुन ढुवानी गर्न निर्देशन दिईसकेको उनको भनाई छ ।

बाजुराका लागि माग गरिएको थप कोटा अनुसारको नुन बाम्का बजारका लागि ४ सय मार्तडीका लागि ३ सय र कोल्टी र कवाडी डिपोका लागि ४ सय क्वीन्टल स्वीकृत भइसकेको र ढुवानी हुने क्रममा रहेको बताईएको छ । बाजुरामा नुन डिपोबाट प्रतिव्यक्ति लाई १ सय रुपैयाँमा १० केजि नुन विक्रि वितरण गरिदै आएको छ ।

गोदाममा चामल नुहँदा रित्तो हात घर फर्किदै सर्वसाधारण

बाजुराको खाद्य व्यवस्था तथा व्यापार कम्पनिको मार्तडी, उत्तरी भेगको कोल्टी, कवाडी र मुक्तिकोटको डिपोमा चामल नहुँदा रित्तो हात घर फर्किनु परेको स्थानीयहरुले बताउने गरेका छन् ।

कोल्टी, कवाडी र मार्तडीका लागि धनगढीबाट चामल ढुवानी हुने गरेको छ भने मुक्तीकोटको डिपोका लागि सुर्खेतबाट ढुवानी हुने गरेको छ । माग अनुसारको चामल ठेकेदार कम्पनिले समयमै ढुवानी नगर्दा बाजुरामा बर्षेनी खाद्यन्न अभाव हुने गरेको छ ।

सदरमुकामको खाद्यन्न डिपोमा ५ महिनापछि मोटो चामल आएको थियो । त्यो चामल समेत गएको आईतबार सर्वसाधारणलाई विक्रि गरेर सकिसकेको छ । अहिले मार्तडीको खाद्यन्न डिपोमा मसिनो र मोटो गरि करिव १ सय बढी क्वीन्टल चामल जिल्लामा आउने विपद् र कैदिवन्दीका लागि मौज्दात राखिएको छ ।

बाजुराका सर्वसाधारणहरुले बढीजसो मोटो चामलको उपभोग गर्ने भएकोले माग अनुसारको चामल आपुर्ति गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले बताएको छ ।

हप्तामा एकदिन प्रतिव्यक्ति २५ केजिको प्रति केजि ५९ रुपैयाँका दरले चामल विक्रि वितरण गर्दा समेत सर्वसाधारणको माग अनुसारको चामल आपुर्ति गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिका प्रमुख उमेश भण्डारीले बताएका छन् ।

बाजुरामा चालु आर्थिक वर्षका लागि १० हजार क्वीन्टल चामल माग गरिएको भएपनि अहिलेसम्म चामल ढुवानी हुन् नसकेको शाखा प्रमुख भण्डारीको भनाई छ । गएको दशैँयता बाजुरामा मोटो चामलको सहज आपुर्ति हुन् सकेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार