होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाका बाढी पिडित १३ परिवारलाई राहत वितरण
समाचार

गौमुल गाउँपालिकाका बाढी पिडित १३ परिवारलाई राहत वितरण

  • नागरिक रैबार
गौमुल गाउँपालिकाका बाढी पिडित १३ परिवारलाई राहत वितरण

नागरिक रैबार/बाजुरा १५ साउन। जिल्लाको गौमुल गाउँपालिका-३ धल्काँडा र बेहरीका बाढी पहिरोबाट विस्थापित र जोखिममा रहेका १३ परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ ।

साउन ११ गते राति आएको अविरल वर्षाका कारण विस्थापित बनेका उक्त वडाका ६ परिवारलाई टेन्ट,कम्मल र जोखिममा रहेका ७ परिवारलाई त्रिपाल र कम्मदल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार वडा कार्यालय सिफारिस र प्रहरीको मुचुल्काका आधारमा बाढी र पहिरोबाट विस्थापित भएका धल्काँडाका ८ र बेहरीका ५ परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

विज्ञापन

बाढी र पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित ठाउँमा बास बस्नका लागि टेन्ट, त्रिपाल र कम्मल वितरण गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकि छन् ।

बाढी पहिरोले घरसहित अन्न, लुगा कपडा र भाँडा कुडामा क्षतीे गाउँ माथिबाट पहिरो आएको र तलबाट खोलाले कटान गर्न थालेपछि गाउँका १३ परिवार विस्थापित भएका थिए ।

गाउँपालिकाले सुरक्षित बासस्थानका लागि राहत सामाग्री दिएपछि बाढीपहिरो पिडितलाई सहज भएको पिडित बसन्त बोहराले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार