होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदह गाँउपालिकाका ४ वटा वडा सचिव विहिन
समाचार

खप्तड छेडेदह गाँउपालिकाका ४ वटा वडा सचिव विहिन

  • नागरिक रैबार
खप्तड छेडेदह गाँउपालिकाका ४ वटा वडा सचिव विहिन

नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ४ वटा वडा सचिव विहिन बनेका छन् । ७ वटा वडा रहेको खप्तड क्षेडेदहमा ४ वटा वडा सचिव बिहिन बनेका हुन् । २, ३, ४ र ७ नम्वर वडामा वडा सचिव नहुँदा स्थानीयहरु अहिले वडामा हुने विभिन्न कामका लागि गाउपालिकाको कार्यालय धाउने गरेका छन् ।

वडा कार्यालयमा वडा सचिव नुहँदा वडा तहबाटै पाउनुपर्ने सेवा सुबिधाबाट स्थानीयहरु बञ्चित भएका छन् । वडा नम्वर ३ मा वडा सचिव नभएको ६ महिना बितिसक्दा पनि सचिवको व्यवस्था गर्न नसकेपछि त्यहाँका स्थानीय आक्रोसित छन् । वडामा हुने जन्मदर्ता मृत्यु दर्ता, बिवाह दर्ता, बसाँइसराई, लगायतका पञ्जिकरणका कामका लागी गाँउपालिका पुग्नुपर्ने बाध्यता आएको स्थानीयहरु बताउँछन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी भन्छन् सचिव नभएका वडामा सचिवको व्यवस्था गर्नका लागि लोकसेवा आयोग संग माग गरिसकेको बताएका छन् । उनका अनुसार खालि रहेका वडामा दशै अगावै वडा सचिवको व्यवस्थापन गरेर सेवा प्रवाहमा सहज बनाईने छ ।

विज्ञापन

हाल २ मा स्वास्थ्य इन्चार्ज निर्मला सिंह, वडा न. ४ मा  खम्म सुनार, र वडा न . ७ मा रमेश ओलीले वडा सचिवको गर्ने काम गरिरहेको पाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार