होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल
समाचार

सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल

  • नागरिक रैबार
सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् ।

जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए ।

उनले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए । त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत छलफल भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा गरिने बताए ।उनले अव ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।

विज्ञापन

चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टीहरू समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवश्यक रहेको उनको बुझाई छ ।

त्यस्तै सङ्घ र प्रदेश सरकारमा पनि कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सबै सरकारमा गठबन्धनमा सहभागी दलहरूले नेतृत्व गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार