होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु
देश/प्रदेश

इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

  • नागरिक रैबार
इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

बग्दाद– उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार मंगलबार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो । आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानका अनुसार विवाह उत्सवमा गरिएको आतिशबाजीपछि आगलागी भएको हो ।

भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ । इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्वीरमा दर्जनौँ अग्निनियन्त्रकले आगो निभाइरहेको देखिएको छ । यस्तै, स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरुमा विवाह कार्यक्रमको मुख्य हल जलेर ध्वस्त भएको देखिएको छ ।

विज्ञापन

यसैबीच, इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । खबरबहवाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार