होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदहले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढि लगानी गर्ने
समाचार

खप्तड छेडेदहले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढि लगानी गर्ने

  • नागरिक रैबार
खप्तड छेडेदहले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढि लगानी गर्ने

बाजुरा। खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्षका लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले १३ औं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले जानकारी दिएका छन् ।

संघको शसस्त्र चालुमा १७ करोड ८७ लाख र पुजिगँतमा १ करोड ६२ लाख र समपुरक ५० लाख, बिशेष अनुदान १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशको वित्तिय समानीकरण १ करोड, समपुरक ८० लाख,विशेष अनुदान ७० लाख र राजस्व बाँडफाँड १५ लाख र अल्या २ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताएका छन् ।

विज्ञापन

गाउँ सभामा गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले नीति तथा कार्यक्रम पेश गरेका छन । अध्यक्ष रावतले कृषि शिक्षा,स्वास्थ्य, र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै निती तथा कार्यक्रम ल्याएका हुन् ।

गाउँ सभा पालिकाको सभा हलमा संचालन गरिएको छ । नीति तथा कार्यक्रम र बजेट माथि बिस्तृत छलफल हुने पालिकाले जानकारी दिएको छ । कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार