होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकको बजेट ३५ करोड ८९ लाख २१ हजार
समाचार

स्वामीकार्तिकको बजेट ३५ करोड ८९ लाख २१ हजार

  • नागरिक रैबार
स्वामीकार्तिकको बजेट ३५ करोड ८९ लाख २१ हजार

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोश्रो गाउँ सभामा पालिकाका उपाध्यक्ष मैना जोशीले बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा तथा खेलकुद र लैगिंक समानता तथा सामाजिक समावेशिकरणलाई प्राथमिकता राखेर बजेट छुट्याएको हो ।

स्वामिकार्तिकले प्रशासनिक तर्फ ८ करोड, ९७ लाख ११ हजार १ सय, भौतिक पुर्वाधार विकाश तर्फ ६ करोड ४ लाख ४० हजार, आर्थिक विकास तर्फ ३ करोड ७४ लाख १० हजार, सामाजिक विकास तर्फ १५ करोड ९ लाख ९४ हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २ करोड ४ लाख २६ हजार रकम विनियोजन गरिएको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

चालु आर्थिक वर्षमा भए गरेका प्रमुख उपलब्धीलाई आधार मानेर आगामी आर्थिक वर्षमा सञ्चालित हुने प्रस्तावित कार्यक्रम सहित नीति तथा कार्यक्रम तय गरिएको सोही बमोजित बजेट प्रस्ताव गरिएको प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिएका छन् ।

सामुदायिक विद्यालयलाई शैक्षिक सुधार तथा स्तरउन्नती गर्ने, सामुदायिक विद्यालयमा स्वामीकार्तिक दर्पण स्थानीय पाठ्यक्रम प्रकाशन गरी लागु गर्ने, विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकालाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

पालिकाले एक मावि एक करेसावारी कार्यक्रम लागु गर्ने, माध्यामिक विद्यालयमा चौकीदारको व्यवस्था, एसईई र १२ कक्षामा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट दलित छात्र छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने नीति लिएको छ ।

गाउँपालिकाले सुत्केरी आमा संग उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य संस्था र वर्थिङ्ग सेन्टरमा नियमित गर्भजाचँ र प्रसुति गर्ने आमालाई एक मुष्ट २ हजार नगर दिने, सुत्केरी तथा दुर्घटनामा परेका विरामीलाई निशुल्क एम्वुलेन्स सेवा, गर्भवति आमालाई स्वास्थ्य संस्थामा पुर्र्याइ सुत्केरी गराए वाफत महिला स्वास्थ्य स्वयम सेविकालाई थप ५ सय प्रदान गर्ने नीति अघि सारेको छ ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरीकलाई घर मै पुगि स्वास्थ्य चेकजाचँको ब्यवस्था, विपन्न नागरीकलाई निशुल्क स्वास्थ्य एम्वुलेन्स सेवा, दिर्घ रोगीलाई निशुल्क औषधिको ब्यवस्था, सिमान्कृत तथा पछाडी परेका समुदायलाई निशुल्क स्वास्थ्य विमा गरीने र यसै आर्थिक वर्षबाट गाउँपालिकामा पालिका स्तरीय अस्पताल सञ्चालन गर्ने नीति लिएको छ ।

संस्कार, सभ्यता र संस्कृतिको संरक्षण गर्ने, पालिकामा खेल मैदान निमार्णका लागि पहल गर्ने, युवालाई विदेश हैन, विजनेस भन्ने भावना जागृत गर्दै स्वरोगजार बनाउने, गाउँपालिकाको मुक्तिकोट वस्तीको बेरोजगारी, कुपोषण र भोकमरीलाई न्युनिकरण गर्न अध्यक्ष रोजगार कार्यक्रम लागु गर्ने, अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्था, हिंसा मुक्त गाउँपालिकाको अभियान हाम्रो पहिचान, अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशिता नीति लिएको छ ।

गाउँपालिकाले एक घर एक दुहुनु गाई अवधारण लिदै स्थानीय स्तरमा उत्पादन हुने दुधलाई बजारीकरण गर्ने, युवा व्यवसायिलाई अनुदानमा सहयोग, स्थानीय सरकार कृषीको सहयोगी भन्ने नाराका साथ रैथाने बालीको संरक्षण, खेती विस्तार र बजारीकरणका लागि व्यवस्था, योगदानमा आधारीत कृषक पेन्सन लागु, कृषि एम्बुलेन्स सञ्चालन, स्थानीय खाद्य संकलन तथा विक्रीका लागि कोशेली घर स्थापना गर्ने नीति पारित गरेको छ ।

हरियो वन, स्वामीकार्तिकको धन भन्ने नारालाई आत्मसाथ गर्दै एक घर, एक वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, पालिका देखि भैरवथान सम्मको ११ किलोमिटर र वडा नं ४ र ५ को वडा कार्यालय सम्मको सडकलाई ग्राभिल गर्ने, वडा नं दुईको माझ गाउँ सम्मको कर्णाली छालको सडक र भुकाहाँ देखि फयाल गाउँ सम्मको सडकको टयाक खुल्ला गर्ने गरे बजेट विनियोजन गरेको छ ।

भोकै रहेकालाई एक छाक मिठो खानु भन्दा जीवनभर बाँच्न पुग्ने सिप सिकाउने, अनुसाशित, लगनशिलताका आधारमा उत्कृष्ट काम गर्ने एक पुरुष र महिला कर्मचारीलाई नगद १५ हजार सहित सम्मान गर्ने, पालिकामा आपत्कालिन केन्द्र सञ्चालन, रेडियो र टेलिभिजनसँगको सहकार्यमा हाम्रो गाउँपालिका कार्यक्रम प्रसारण गर्ने, धार्मिक, साँस्कृतिक र मानव जनजीवनका विषयवस्तुमा लेख लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार