होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीले एकल पुरुष भत्ता र उमेर पुगेर विहे गर्ने छोरीलाई सम्मान गर्ने
समाचार

हिमालीले एकल पुरुष भत्ता र उमेर पुगेर विहे गर्ने छोरीलाई सम्मान गर्ने

  • नागरिक रैबार
हिमालीले एकल पुरुष भत्ता र उमेर पुगेर विहे गर्ने छोरीलाई सम्मान गर्ने

नागरिक रैबार/बाजुरा १० असार। बाजुराको हिमाली गाउँपालिकाले यस वर्षबाट गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ता र उमेर पुगेपछि मात्रै विहे गर्ने छोरीलाइ सम्मान गर्ने निति तथा कार्यक्रम ल्याएको छ ।

त्यस्तै पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिका र र पाठेघर खसेका महिलाको उपचार पालिकाले आफै गर्ने नितिलाइ अघि सारेको छ ।

पालिका भित्र पाठेघर खसेका महिला र अपाङ्गता भएका बालबालिकाको उपचार गाउँपालिकाले गरिदिने नीति पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

विज्ञापन

यसै आगामी आर्थिक वर्षबाट पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने, कक्षा १२ सम्म कुनै प्रकारको शुल्क नलिने र उच्च शिक्षा हाँसिल गरेर मात्र कानुनी रुपमा उमेर पुगेर बिबाह गर्ने छोरीलाई सम्मान सहित पुरस्कारको ब्यबस्था गर्ने नीति पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पालिकाको सवै भन्दा दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था सञ्चालन गर्ने, पालिका भरि भूगोललाई ध्यानमा राखेर थप ४ ओटा बर्थिङ सेन्टर स्थापना गर्ने, एकल पुरुष भत्ता ब्यबस्थापन गरिने नीति कार्यक्रममा समेटिएको पालिकाको भनाइ छ।

हिमाली गाउँपालिकाको आ.व. २०८०/८१ निति तथा कार्यक्रम १२ औं गाउँ सभामा  पेश भएका निति तथा कार्यक्रमहरु
१. गाउँपालिका नागरिकहरुलाइ निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेने
२. पाठेघर खसेका महिला र अपाङ्गता भएका बालबालिकाको उपचार गाउँपालिका ले गरिदिने
३ . कृषी एम्बुलेन्स सन्चाल गरिने
४ . कक्षा १२ सम्म निशुल्क शिक्षाको नीति लिएको
५. उच्च शिक्षा हासिल गरेर मात्र कानुनी रुपमा उमेर पुगेर बिबाह गर्ने छोरीलाई सम्मान सहित पुरस्कारको ब्यबस्था गरिने
६. बिपदको समयमा गाउँपालिका भित्रका सडकहरु सुचारु गर्नु भ्याकु डोजर सन्चालन गरिने
७. कडा रोगी बिरामीको उपचार सहयोग गर्ने
८. बिच्छ्या सडक सन्जालमा जोड्न सबै निकाय सग समन्वय गर्ने गाउँपालिकाले बजेट ब्यबस्थापन गर्ने
९. सबै भन्दा दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था सन्चालन गरिने
१० . थप ४ ओटा बर्थिङ सेन्टर स्थापना गर्ने
११. एकल पुरुष भत्ता ब्यबस्थापन गरिने
१२ . राजस्व संकलन डिजिटलाइजेसन गर्ने
१३ सबै बिध्यालयमा ईन्टरनेट जडान
१३. धुलाचौरलाई नमुना बजारीकरण अगाडि बढाउने
१४ जडिबुटी फलफूल र बन पैदावरबाट उत्पादन हुने बस्तु सग सम्बन्धित उधोगको सुरुआत गर्ने
१५. कुवाडी धुलाचौर र्याफ्टिङ सेवा सुचारु गर्न अध्ययन गर्ने
१६. धुलाचौर रारा. बुढिअनन्दा .. रानिशैन पर्यटन रुट प्रबन्धन
१७. कृषी अनुदान
१८. गाउँ पालिका स्तरीय औद्योगिक ग्राम र कोल्ड स्टोर
१९. गाउँ पालिका स्तरीय प्रसुती गृह

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार