होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)
समाचार

प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

  • नागरिक रैबार
प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।

प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।

सरुवा सूची अनुसार अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् ।

विज्ञापन

किरण प्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र चन्द्र किशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गरिएको छ । नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय टोकपुर रामेछापमा मणिराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा बजिर सिंह विष्ट र इलाका प्रहरी कार्यालय लेटाङमा भिमलाल वलीलाई सरुवा गरिएको छ । मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा गरिएको छ ।रातोपाटीबाट

विवरण हेर्न यहाँ क्लिक गर्नुहोस । https://drive.google.com/file/u/0/d/1nSK5-f1eU00CGhSrdkrXb5TmX2xwkbxP/view?pli=1

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार