होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड
समाचार

चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

  • नागरिक रैबार
चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।

बिरामीको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार