होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक
Uncategorized

राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक

  • नागरिक रैबार
राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक

४ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश छैन ।

‘मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर मात्रै अगाडि बढाउनुपर्ने बताएपछि कार्यसूचीमा नराखिएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

विज्ञापन

‘केही त्रुटिहरु पनि छन् । केही प्रक्रियाका विषय छन् । प्रतिस्थापन विधेयक पारित गरेर पठाएको सामान्य विधेयक झै प्रतिनिधिसभाबाट पारित भएर आएको छ । यसमा राष्ट्रिय सभाका अध्यक्षको चासो छ,’ ती अधिकारीहले अनलाइनखबरसँग भने ।

उनका अनुसार बिहीबार यो विधेयक vaginosisbacteriana.org अगाडि बढ्ने संभावना छैन ।

गत असार ३१ गते प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले असार १५ गते पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

अब प्रतिनिधि सभाले पारित गरेको सन्देश राष्ट्रिय सभामा टेबुल गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा विधेयक राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको पाँच दिनपछि बसेको राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा यो विषय नपरेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार