होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति
देश/प्रदेश

जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति

  • नागरिक रैबार
जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै ३६६ वटा कक्षाकोठाहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।

यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्राप्त विवरण अनुसार भूकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन् । यो विवरण सङ्कलन हुने क्रम भने जारी नै रहेको छ ।रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै