होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले आठौं जिल्ला अधिवेशन माघ २६ देखि कोल्टीमा गर्ने
समाचार

एमाले बाजुराले आठौं जिल्ला अधिवेशन माघ २६ देखि कोल्टीमा गर्ने

  • नागरिक रैबार
एमाले बाजुराले आठौं जिल्ला अधिवेशन माघ २६ देखि कोल्टीमा गर्ने

नागरिक रैबार/बाजुरा १८ मंसिर।नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको मिति तय गरेको छ । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो ।
पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि पहिलो पटक जिल्ला कमिटीको बैठक बसेको हो । बैठक जिल्ला अधिवेशनको मिति तोकेर समापन गरिएको पार्टी सचिव भरत थापाले जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा दुबै जना प्रदेश कमिटीमा निर्वाचित भएपछि सचिव भरत थापालाई कार्यबाहक दिने कार्यकर्ताको अनुमान गरिएको थियो । तर त्यो विषयमा कुनै छलफल र निर्णय नै नगरि अधिवेशनको मिति तय गरेर बैठक सकिएको हो ।
दशक लामो जिल्ला कमिटीको नेतृत्व लिएका शाहीले प्रदेश उपाध्यक्ष भएपनि जिल्ला अधिवेशन आफैले गरेर नेतृत्व हस्तान्त्रण गर्ने चाहना राखेको देखिन्छ । शाही उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, नेकपा कालिनको अध्यक्ष हुदै सातौ जिल्ला अधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्ष बनेका थिए ।
पार्टीको माथिल्लो कमिटीमा निर्वाचित भएपछि मातहतको कमिटी छोड्नु पर्ने प्रावधान भएपनि संक्रमणकालिन अवस्था भएकोले २ महिनाका लागि कार्यबाहक नतोकी पुरानै कमिटीले अधिवेशन गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।
पहिलो पटक अधिवेशन जिल्ला सदरमुकाम बाहिर गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला कार्यालयमा बसेको बैठकले भोलि नै सचिवालयको बैठक बसेर कार्यविभाजन गर्ने निर्णय गरेको छ । ऐतिहासिक बनाउने गरि तयारी गर्ने योजनामा एमाले देखिएको छ ।
बाजुरामा पार्टी अध्यक्षका लागि दुई जनाको दाबी देखिएको छ । एमाले नेता लालबहादुर ओली र पार्टी सचिव भरत थापाले अध्यक्षमा चासो राखेका छन् । पार्टीले जनप्रतिनिधीलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने प्रावधान पछि जनक कुमार बोहरा र हरि बहादुर रोकाया रेस बाहिर नै रहने अवस्था छ ।
बोहरा र रोकाया दुबैले उपाध्यक्ष र उपसचिवका लागि भने उम्मेदवारी दिन पाउने प्रावधान छ । पार्टी सचिवका लागि कार्यालय सचिव काशी विक र सचिवालय सदस्य जनक विष्टले आकाक्षा राखेका छन् । उपसचिवमा भने दर्जन बढीको चाहना देखिन्छ । तर पार्टी नेतृत्वले अहिले नै उम्मेदवारीको चर्चा भन्दा तयारीलाई तिब्र पार्नु पर्नेमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार