होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • देशका लागि मिसन ८४ होइन, भिजन ९५ बनाउनु पर्छः महामन्त्री शर्मा
देश/प्रदेश

देशका लागि मिसन ८४ होइन, भिजन ९५ बनाउनु पर्छः महामन्त्री शर्मा

  • नागरिक रैबार
देशका लागि मिसन ८४ होइन, भिजन ९५ बनाउनु पर्छः महामन्त्री शर्मा

नागरिक रैबार/बाजुरा १९ मंसिर।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस बाजुराद्धारा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका हुन् ।

महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नु भन्दा देश बनाउने भिजन अवको १५ वर्ष भित्रमा बनाउन आग्रह गरेका छन् ।

विज्ञापन

काँग्रेसले जनताले दिएको जनमतको कदर गरेर मिसन ८४ नभइ, ८०, ८१ र ८२ को काम गरेर देखाउने बेला आएको उनले बताए । काँग्रेस चुनावका लागि मिसन भनेर हिड्दैन, देश बनाउन भिजनका साथी अघि बढीरहेको उनको भनाई छ ।

वृहत आम सभाका प्रमुख अतिथि समेत रहेका महामन्त्री शर्माले कांग्रेसकै अगुवाईमा नेपालमा भ्रष्टाचारको नियन्त्रणका लागि कानुनहरु निर्माण भएकोे दावी गरेका छन् । कांग्रेसले मिसन ८४ को भन्दापनि ८० को चिन्ता लिएर अगाडी बढीरहेको उनको भनाई छ ।

उनले बाजुराको विकासका सवालमा स‌दनमा शसक्त ढगले आवाज उठाउने आश्वासन समेत दिएका छन् ।

नेपाली काँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा गरिएको वृहत आमसभाको प्रमुख अतिथि काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए ।

कार्यक्रममा पूर्व पार्टी सभापतिद्धय मानबहादुर रावल, कविराज पंडित, पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रदेश सभा सदस्यद्धय माननीय पदमबहादुर शाही, जुना दानी लगायत अतिथि रहेका थिए । पार्टी सचिव तिलकराज पुरीले संचालन गरेको वृहत आमसभामा उपस्थित सवैलाई पार्टी उपसभापति नारायण पाध्यायले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । सभामा काँग्रेस समर्थक पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार