होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामाजिक सुरक्षामा क्षमताभन्दा बढी खर्च भयो : अर्थमन्त्री
समाचार

सामाजिक सुरक्षामा क्षमताभन्दा बढी खर्च भयो : अर्थमन्त्री

  • नागरिक रैबार
सामाजिक सुरक्षामा क्षमताभन्दा बढी खर्च भयो : अर्थमन्त्री

१९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने बताए ।

‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं,’ उनले भने । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ । यसो हुँदा आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

विज्ञापन

अर्थतन्त्र सकारात्मक बाटोमा छ

अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको उनले बताए । उनले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’२००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेको सन्दर्भ निकाल्दै उनले यस कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा पछाडि परेको समेत बताए ।

‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो,’ उनले भने, ‘हामीले निर्णायक रुपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ ।’ अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिका रहेको उनले बताए ।

कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्न सकेन

अथमन्त्री डा. महतले राजस्व संकलनमा समस्याका बीचमा पनि प्रगति भइरहेको दावि गरे । गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी राजस्व उठेको भन्दै उनले यस वर्ष कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसकेको समेत बताए ।

‘कसिलो मौद्रिकत नीतिले आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन,’ उनले भने ।

एकातिर आयात कम हुँदा भन्सार कम उठेको र अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा राजस्व कम उठेको उनको भनाइ छ । सम्पन्न र कर तिर्नुपर्ने स्थितिमा रहेकाहरुलाई करको दायरामा ल्याएका कारण आगामी वर्ष राजस्व बढ्ने उनले बताए । आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतको दावि छ । समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रशासनिक खर्च घटाउन सबै समर्पित हुनुपर्ने भन्दै उनले उनले भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’अनलाइन खबर बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार