होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कृषि उत्पादन बढ्दो, आर्थिक अवस्थामा सुधार’
समाचार

‘कृषि उत्पादन बढ्दो, आर्थिक अवस्थामा सुधार’

  • नागरिक रैबार
‘कृषि उत्पादन बढ्दो, आर्थिक अवस्थामा सुधार’

सुर्खेत । सुर्खेतमा ०७३ सालदेखिनै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु छ । विशेषगरि यो परियोजनाले परम्परागत रुपमा खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक खेतीतर्फ अग्रसर गराउनका साथै आर्थिक अवस्थामा समेत सुधार ल्याउने प्रयत्न गरिरहेको छ ।

परियोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्लामा अदुवा/बेसार, तरकारी र मकै गरी ३ वटा जाने कार्यक्रम सञ्चालन गरिरहेको छ । कुनै समय घरमा खानका लागि मात्र तरकारी खेती गर्ने कृषकहरु परियोजना लागु भएपछि अहिले विक्री गरेर लाखौँ आम्दानी गर्ने भएका छन् । परियोजना अन्तर्गत सुर्खेतमा ७४५ हेक्टरमा अदुवा/बेसार जोन, ४५५ हेक्टरमा तरकारी खेती र ४७५ हेक्टर क्षेत्रफलमा मकै जाने कार्र्यक्रम सञ्चालनमा छ । अदुवा/बेसार जोन वीरेन्द्रनगर नगरपालिकाका ३ वडा, भेरीगंगा नगरपालिकाका १३, लेकवेशी नगरपालिकाका १०, गुर्भाकोट नगरपालिकाका सबै, सिम्ताका ९, चिङ्गाडका ६, बराहतालका १०, पञ्चपुरीका ११ र चौकुनेका १० वटा वडामा सञ्चालित छ । यस्तै तरकारी जोन पञ्चपुरीका ७, बराहतालका ३ र चौकुनेका १० वटै वडामा सञ्चालित छ भने मकै जोन लेकवेशीका र गुर्भाकोटका १०/१० वडामा सञ्चालित छ ।

आयोजनाले विभिन्न सहकारी, समुह र निजी उद्यमीहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । पछिल्लो समय विद्यालयहरुले समेत सहकार्य गरेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेका छन् । परियोजनाका अनुसार अदुवा/बेसारमा २३ समहु, २७ सहकारी, १०९ निजी उद्यमी र ४ वटा विद्यालयले सहकार्य गरी कृषि गतिविधि गरिरहेका छन् भने तरकारी जोनमा ३१ समुह १६ सहकारी ९४ निजी उद्यमी र २ विद्यालय छन् । यस्तै मकै ६ समुह १७ सहकारी र १८ निजी उद्यमीको सहकार्यमा कार्यक्रम सञ्चालित छ ।

विज्ञापन

करोडौँ आम्दानी

जाने लागु भएका क्षेत्रका कृषकहरुले चालु आर्थिक बर्षमा मात्रै लाखौँ रकम आम्दानी गरेका छन् । परियोजनाले सार्वजनिक गरेको तथ्यांक अनुसार उत्पादनसँगै कृषकको जीवनस्तरमा समेत सुधार आएको छ । जोन क्षेत्रका कृषकहरुले चालु आवमा २०५ मेट्रिक टन तरकारी उत्पादन गरे । जसबाट ५१ लाख रकम आम्दानी गरेका छन् । यस्तै ८५० मेट्रिक टन अदुवा/बेसार उत्पादन गरी त्यसबाट २ करोड १२ लाख रकम आम्दानी गरेका छन् । यस्तै सुठोबाट १३ करोड २५ लाख बराबरको आम्दानी गरेका छन् । ‘पछिल्लो समय कृषकहरुको आकर्षण पनि बढेको छ भने आर्थिक अवस्थामा समेत सुधार आएको छ,’ परियोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख पुष्पराज पौडेल भन्छन्,‘ हामीले कृषकका लागि स–साना कुराहरुलाई हल गर्ने गरि काम गरिरहेका हुन्छौँ ।’

उनका अनुसार परियोजनाले चालु आवमा ३ प्रशोधन उद्योग स्थापना गरेको छ भने ९२ वटा मिनिटिलर तथा पावर टिलर वितरण गरेको थियो । यस्तै ४९ वटा स्थाई प्लाष्टिक घर निर्माण गरेको छ । जसमध्ये ४१ वटा स्थायी प्रकृतिका प्लाष्टिक घर बनेको छन् । उक्त घर भित्र अहिले लटरम्म तरकारी फलिरहेको छ । तथ्यांक अनुसार प्लाष्टिक घरभित्र अहिले १२५ क्वीन्टल टमाटर, ३० क्वीन्टल काक्रा लागयतका तरकारी बालीको उत्पादन भइरहेको छ । कृषकहरुले पनि यो कार्यक्रमले निकै फाइदा पुगेको बताउँछन् । । यतिमात्र होइन कृषक समुहले गाडी नै खरिद गरेर अहिले कृषि उत्पादनमा सामाग्रीहरु बजारिकरण गर्ने गरेका छन् । हरियाली कृषि तथा पशुपालन समुह पंचपुरी–२ ले सिंगल क्याब पिकअप गाडी खरिद गरेको छ । उक्त समुह तथा आसपासका करिब १०० कृषकले उत्पादन गरेका १३० मेट्रिक टन तरकारीको सामुहिक बजारीकरणमा भएको छ, चालु आवमा मात्रै ।

‘हामीले उत्पादनदेखि बजारिकरणसम्मका गतिविधिमा सहयोग गरिरहेका छौँ । बीउ, विषादी, कृषि औजार पनि हामीले उपलब्ध गराउने गरको छौँ,’ परियोजना प्रमुख पौडेलले रातोपाटीसँग भने,‘ बीउ प्रशोधन गर्ने काम पनि यो परियोजनाले गरेको छ भने पछिल्लो समय विद्यालयहरुले ‘पढ्नै कमाउँदै’ कार्यक्रमहरु अघि सारेका छन् । त्यसमा पनि हामीले सहयोग गरिरहेका छौँ ।’

जोन क्षेत्र विस्तार, रोजगारीसँगै २३ हजार बढी घरधुरी लाभान्वित

परियोजनाले बर्षेनी जाने क्षेत्र विस्तार गरिरहेको छ । चालु आवमा ५० हेक्टरमा रामपुर हाइब्रिड अन्तर्गत १० जातको मकैको क्षेत्र विस्तार भएको छ । जसमा १६ वटा संस्थामा आबद्ध कृषकहरुले पहिलो पटक हाइब्रिड मकै खेती गरिरहेका छन् । अहिलेसम्म करिब २ सय टन मकै उत्पादन हुने आकलन गरिएको प्रमुख पौडेलले बताए । यस्तै २ वटा शुन्य शक्ती भण्डारण घरको लागि सम्झौता भएकोमा १ वटा निर्माण सम्पन्न भइ भण्डारण सुरुवात भएको छ भने उक्त भण्डारण घरमा कम्तिमा २४ क्वीन्टल अदुवा गुणस्तर कायम गरी भण्डारण गर्न सुरु भइसकेको छ । १०० मेट्रिक टन क्षमताको बीउ प्रशोधन तथा भण्डार उद्योग निर्माण सम्पन्न भइ सञ्चालनमा आएको पनि उनले बताए । उत्त, उद्योग गुर्भाकोट नगरपालिका–७ मा रहेको छ । अहिले बीउ उत्पादन, प्रशोधन तथा बजारीकरण कार्य एकै स्थानबाट हुन थालेको छ ।

चक्लाबन्दीमा आधारित खेतीमा करिब १४ हेक्टर विस्तार भएको छ । यसबाट करिब ४०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । ११५ जना विद्यार्थीले तरकारी तथा माछा पालन सम्बन्धी विभिन्न कार्यक्रममा सरिक भएर लाभान्वित भएका छन् । १०० हेक्टर सिँचाई हुने ३ वटा नयाँ सिँचाई कुलो र ३ वटा पोखरी निर्माण कार्य सम्पन्न गरिएको छ भने यसबाट ३०० कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस्तै ३८ हेक्टर क्षेलफलमा खाद्यान्न बसन्ते मकै बाली विस्तार भएको छ । ५० हेक्टरमा स्वदेशी हाईब्रिड मकै खेती विस्तार भएको परियोजनाले जनाएको छ । परियोजनाबाट चालु आवमा थप ३ हजार ७४० घरधुरी लाभान्वित भएका छन् । कुल २३ हजार ३५० घरधुरी परियोजनाबाट लाभान्वित भएको परियोजना प्रमुख पौडेल बताउँछन् । विशेषरी साना तथा सिमान्तकृत कृषकहरुलाई व्यवसायिक कृषि खेतीमा अग्रसर गराउने काम भएको उनले बताए ।

यस्तै चालु आवमा परियोजनाबाट ५१० जनाले ज्यालादारी मौसमी रोजगारी पाए भने १ हजार ९४८ जनाले आशिक र २७ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । चालु आवमा कुल ५ करोड ५ करोड ४२ लाख कुल बजेट रहेकोमा करिब ८० प्रतिशत बजेट कार्यान्वयनमा आइसकेको छ । आगामी आवमा बाख्रा जोन विस्तार गर्ने तयारी भएको उनले बताए ।राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार