होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराको जिल्ला अधिवेशन चैत्र भित्र गरिने
समाचार

एमाले बाजुराको जिल्ला अधिवेशन चैत्र भित्र गरिने

  • नागरिक रैबार
एमाले बाजुराको जिल्ला अधिवेशन चैत्र भित्र गरिने

बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले आगामी चैत्र भित्र पार्टीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । असार १२ गते मार्तडीमा बसेको बैठकले २०८० चैत्र भित्र पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको कार्यालय सचिव काशी विकले बताएका छन् ।

नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशन २०७८ पौषमा भएको थियो । पार्टी केन्द्रीय कमिटीको सर्कुलर अनुसार यसैवर्ष भित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन आएको छ । सोही निर्देशन अनुसार २ वर्ष नपुग्दै अर्को अधिवेशन गर्न लागिएको हो । नेकपा एमालेको विधान अनुसार जिल्ला कमिटीको कार्यकाल ३ वर्षको हुने व्यवस्था छ ।

पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना सहीत गाउँ जाने निर्णय गरेको छ । आगामी १० महिनाको कार्ययोजना समेत तयार पारेको छ । पार्टी जिल्ला कमिटीले तयार पारेको कार्ययोजनमा जिल्ला कमिटीको बैठक, मदन जयन्ती, धान दिवस असारमा मनाउने, प्रदेश प्रतिनिधी छनोट र जनसंगठन संयन्त्रको बैठक भदौ भित्र गर्ने योजना अघि सारिएको सचिव भरत थापाले बताएका छन् ।

विज्ञापन

स्थानीय कमिटीका भेला असोजमा गर्ने, मंसिर देखि पार्टी प्रशिक्षण कार्यक्रम गर्ने, जिल्ला स्थीत जनसंगठनका भेला सञ्चालन गर्ने, असारबाटै पार्टी सदस्यता नविकरणको कार्य सुरु गर्ने र जेष्ठ कम्यूनिष्टहरुको सम्मानका कार्यक्रम सञ्चालन गर्ने, चैत्रमा जिल्ला अधिवेशन प्रतिनिधी छनोट, पार्टी पालिका, वडा र जिल्ला अधिवेशन गर्ने कार्य योजना बनाएको छ ।

सबै नेता कार्यकर्तालाई अनिवार्य सम्बन्धी जिल्ला, पालिका र वडा कमिटीमा बसेर जनताका काम गर्न र विकास निर्माण तथा सामाजिक सुशासनलाई बलियो बनाउने अभियानमा सक्रिय हुन पनि निर्देशन दिएको छ । एमालेले महामारीका रुपमा फैलिएको पम्पी स्किन महामारी रोग नियन्त्रणमा ध्यान दिन सम्बन्धीत निकायलाई सचेत गराएको छ ।

विपदमा क्षति पुगेका पशुचौयापा र मानवीय क्षति बेहोर्न बाध्य परिवारलाई समावेदना सहीत उचित क्षतिका लागि स्थानीय पालिका र संघ प्रदेश सरकार जिम्मेवार हुनु पर्ने माग राखेको छ । आउन सक्ने विपदजन्य जोखिम न्यूनिकरण गर्न उद्दार र राहतका लागि पूर्वतयारी गर्न समेत सम्बन्धीत क्षेत्रलाई नेकपा एमालेले जानकारी गराएको छ ।

नेकपा एमालेले जनताको जीउधनको सुरक्षा र विपद व्यवस्थापन तथा सहयोगका लागि तयारीमा बस्न नेकपा एमालेका नेता कार्यकर्तालाई पनि निर्देशन दिएको छ । साँफे मार्तडी सहीतका पालिका जोड्ने सडक बर्षादसँगै बन्द हुने अवस्था भएकोले मर्मतका लागि स्काइभेटर तयारीका साथ राख्न आग्रह गरेको छ ।

नेकपा एमालेले पार्टी नेतृ एवं जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष स्वर्गिय ऐना गिरीको चट्याङ्ग लागेर ज्यान गुमाएका जगन्नाथका यमबहादुर विष्ट, करेन्ट लागेर ज्यान गुमाएका बुढीनन्दाका अग्नी बोहराप्रति श्रद्धाञ्जली र परिवारलाई समवेदना सहीत शोक पस्ताव पारित गरेको छ ।

पार्टी जिल्ला कमिटीको बैठकले नेपाली भूमिको रक्षाका लागि वर्तमान सरकार लाचार देखिएको र राष्ट्रियता कमजोर भइरहेको बेला विदेशीसँग शिर झुकाउने गरि संन्धीसम्झौता गरेर देशको स्वाभिमानको संरक्षण गर्न नसक्ने सरकारप्रति आपत्ती प्रकट गर्दै मुलुकको स्वाभिमान र सार्वभौमसत्ताको संरक्षणका लागि नेकपा एमालेको सिंगो पार्टी पंक्ति जिम्मेवार हुनु अपिल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार