होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै
समाचार

एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै

  • नागरिक रैबार
एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । यसअघि हिजो पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो ।

शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भएको थियो । बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।बैठकको सुरुमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए ।

उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए ।आजको बैठकले सरकारमा सहभागीता र पार्टी एकताको विषयमा ठोश निर्णय लिने बताइएको

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार