होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट
समाचार

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

  • नागरिक रैबार
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए ।

११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामी आकांक्षी रहेका थिए । अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भटट्लाई समर्थन गरेका थिए । तर भाटले भने शनिबारसम्म दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेको थिए ।

सहमति जुट्न नसकेपछि आज पुनः बैठक बोलाइएको थियो । अन्तिमसम्म आफ्नो अडान कायम राखेका भाटले पार्टीलाई एक ढिक्का बनाउन र प्रतिश्पर्धात्मक संस्कृतिको विकास गर्न आफ्नो अडान कायम राखेको र पछि अडानबाट पछि हटेको बताइएको एक नेताले रातोपाटीले जनाए । बाँकी पदाधिकारीको चयन दलको नेताले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।

विज्ञापन

डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै