होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा जहाजहरु सेकेन्ड ह्यान्ड आउँदा रहेछन् : मन्त्री आले
समाचार

नेपालमा जहाजहरु सेकेन्ड ह्यान्ड आउँदा रहेछन् : मन्त्री आले

  • नागरिक रैबार
नेपालमा जहाजहरु सेकेन्ड ह्यान्ड आउँदा रहेछन् : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए । उनको प्रश्न थियो, ‘नेपालमा आउने सम्पुर्ण बिमान सेकेन्ड ह्याण्ड भन्छन् के हो ?’

मन्त्री आलेले जवाफ दिए, ‘हेलिकप्टर प्लेन जम्मै सेकेन्ड ह्यान्ड थर्ड ह्याण्ड आउदो रहेछ ।’ तर, मन्त्री आलेले यसबारे थप विवेचना गरेनन् ।

विज्ञापन

नेपालमा बारम्बार जहाज दुर्घटनामा पर्नुको कारण के हो ? भनी सांसदहरुले राखेका जिज्ञासाको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले दिए ।

विगतमा मौसम विभागले मौसम खराब छ भनेपछि उडान निश्चित दिन र अवधिका लागि बन्द नै गर्ने अभ्यास रहेको भन्दै उनले फेरि त्यही अभ्यासमा जानुपर्ने महसुस हुन थालेको बताए । ‘मौसम विभागले भन्छ भने उडान नै बन्द गरौ । यसबारे निर्णय गर्नुपर्ने हुन्छ । यसका लागि कानुनमा सुधार गर्नुपर्ने हुन्छ’ उनले भने ।

जहाजमा दुई जना पाइलट अनिवार्य नहुनु पनि दुर्घटनाको एक कारण रहेको उनी बताउँछन् । भन्छन्, ‘पाइलट एकजना मात्रै हुन्छन् निजीमा । नेपाली सेनामा दुई जना पाइलट हुन्छ त्यसकारण कम दुर्घटना हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार