होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आमाले चुनाव जितेको खुसीसम्म मनाउन पाईनन् कृष्मीले
समाचार

आमाले चुनाव जितेको खुसीसम्म मनाउन पाईनन् कृष्मीले

  • नागरिक रैबार
आमाले चुनाव जितेको खुसीसम्म मनाउन पाईनन् कृष्मीले

काठमाडौं । दुःख गरेर आमाले एक्लै हुर्काएकी कृष्मीको आमालाई जिवनभर सुखसँग राख्ने सपना आईतबार विमान दुर्घटनासँगै सधैका लागि अस्ताएको छ । आईतबार दुर्घटनामा परेको तारा एयरको विमानमा एयर परिचारिकाको रुपमा रहेकी कृष्मी (मनिषा) थापा एकल आमाकी एक्ली सन्तान हुन् । कृष्मीकी आमाले कृष्मीलाई एक्लै हुर्काएकी थिईन् । कृष्मीका बुवाआमाको अन्तरजातिय बिवाह भएको थियो । कृष्मीका बुवा मगर हुन् भने आमा दलित परिवारकी हुन् ।

कृष्मी जन्मिएपछि उनका बावु आमासँग अलग भए । आमा कृष्मीलाई लिएर माईतीमै बस्न थालिन् । कृष्मी मामाघरमै हुर्किईन् । कृष्मीको स्थायी घर स्याङजाको चापाकोट नगरपालिका ४ मल्याङकोट हो । उनकी आमा वैशाख ३० गतेको स्थानिय तह निर्वाचनमा चापाकोट नगरपालिका ४ को वडा सदस्यमा निर्वाचित वडासदस्य हुन् । आमा जनप्रतिनिधि, छोरी एयर होस्टेस, अब दुःखका दिन गए भनेर खुसी हुदै थिए । तर उनीहरुको खुसी धेरे समय टिक्न सकेन् । आमा जनप्रतिनिधि भएको खुसी पनि कृष्मीले धेरै दिन साट्न पाईनन् ।

कक्षा १० सम्म मल्याङकोटकै स्कुलमा पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङबाट पुरा गरिन । त्यसपछि भने उनी एयर होस्टेस बन्ने सपना बोकेर पोखरा छिरिन् । पोखरामा आएर उनी एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकाल्न सफल भईन् र २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले केही महिना पोखराकै एभिया क्लबमा काम पनि गरिन्।

विज्ञापन

त्यसपछि यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। फारम भरिन्,परिक्षा दिईन्उ,नी पास भइन्। यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्।

एयर होस्टेस कोर्स पूरा गर्न कृष्मीका मामा आएर शुल्क बुझाएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभा केसीले बताइन्। जब उनी तारा एयरमा काम गर्न थालिन्, परिवारको आर्थिक जिम्मा उनैले सम्हालेकी थिइन्।

कृष्मीले तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा होस्टेसको रुपमा कार्यरत थिईन् । मुस्ताङबाट फर्किएर आइतबार नै काठमाडौं फर्किने सोमबार अर्कै रूटमा जाने उनको कार्यातालिका थियो । तर उनी कहिल्यै नफर्किने गरि मुस्ताङबाटै अस्ताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार