होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सी’ डिभिजन लिगमा मिलेमतोको चर्चा
समाचार

‘सी’ डिभिजन लिगमा मिलेमतोको चर्चा

  • नागरिक रैबार
‘सी’ डिभिजन लिगमा मिलेमतोको चर्चा

सहिद स्मारक सी डिभिजन लिग अन्तिम चरणमा छ । रेलिगेसनको संघारमा आएको अवस्थामा फुटबलमा खेल मिलेमतोको प्रसंग चर्को रुपमा उठेको छ । सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका छन् ।

आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा एन्फाले कुनै कुरा उठाउन नसकेको बताए । ‘जारी एन्फा सी–डीभिजन लिगका धेरै खेलहरूमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो । तिमीहरूको पो केही जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानी छ यसमा । खेलको भावनामा खेलबाड गर्ने अधिकार तिमीहरुलाई छैन । एउटा सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौँ भन्न कुन मुखले सकेको होला’ चन्दले आफ्नो फेसबुक स्ट्याटसमा ह्यासट्याग ब्याक अफ कर्मा उल्लेख गर्दै लेखेका छन् ।

यस्तै यो कुरालाई खेलाडी गणेश खड्का र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले पनि समर्थन गर्दै शेयर गरेका छन् । यता यो विषयमा एन्फाले अहिलेसम्म कुनै धारणा दिएको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार