होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • २१ दिनभित्र १५ युवकसँग डेटिङ गर्ने युवती, यस्तो रह्यो अनुभव
विचित्र संसार

२१ दिनभित्र १५ युवकसँग डेटिङ गर्ने युवती, यस्तो रह्यो अनुभव

  • नागरिक रैबार
२१ दिनभित्र १५ युवकसँग डेटिङ गर्ने युवती, यस्तो रह्यो अनुभव

कुनै युवक युवतीले तीन हप्तामै १५ जना डेटिङ पार्टनर परिवर्तन गर्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । तर एकजना युवतीले यस्तै पत्याउनै नसकिने काम गरिदिएकी छिन् ।

ती युवतीले यस विषयमा आफैंले आफ्नो किताबमा खुलासा गरेकी हुन् । उनले करिब दिनदिनै पार्टनर फेर्दाको आफ्नो अनुभव पनि सोसल मिडियामा शेयर गरेकी छिन् ।

२१ दिनमा १५ जना युवकसँग डेट गर्ने ती युवती लेखक पनि हुन् । उनी प्रायः किताबकै माध्यमबाट आफ्नो डेटिङ अनुभव शेयर गर्ने गर्दछिन् ।

विज्ञापन

अष्ट्रेलियाको सिड्नीमा बस्ने हेलेन नामक युवती सायद संसारमै छोटो समयमा सबैभन्दा धेरै डेटिङ पार्टनर फेर्ने महिला हुन् । उनले आफ्नो डेटिङ अनुभवका विषयमा एक किताब पनि लेखेकी छिन् । उनले उक्त किताबमा डेटिङ एप टिन्डरबाट प्रेम प्राप्त गर्ने टिप्स पनि बताएकी छिन् । उनले लेखेको किताब ‘Sex, Swipes and Other Stories’ हो ।

उनले आफ्नो किताबमा अनलाइन प्रेमका क्रममा आउनसक्ने समस्याका विषयमा पनि बताएकी छिन् । आफू विगतमा न्युयोर्क गएको बेला डेटिङ एप टिन्डरको माध्यमबाट २१ दिनमा १५ जना युवकसँग डेट गरेको उनको किताबमा उल्लेख छ ।

टिन्डरका माध्यमबाट युवकहरुसँग कसरी डेट गर्ने भन्ने बारेमा उनले टिप्स पनि पस्किएकी छिन् किताबमा । उनका अनुसार यदि तपाईं कुनै अर्को सहरमा जाँदै हुनुहुन्छ भने टिन्डरको सेटिङ तथा लोकेसन दुवै परिवर्तन गर्नुहोस् । त्यसो गर्दा तपाईं उक्त नयाँ सहरमा जानु अगाडि नै त्यहाँका मानिसहरूले तपाईंलाई डेटिङ एपमा फेला पार्न सक्नेछन् । तत् पश्चात् तपाईंले आफूलाई मन पर्ने नपर्ने आधारमा पार्टनर छनोट गर्न सक्नुहुन्छ ।

स्मरण रहोस् हेलेनको यसअघि दुईपटक बिहे भएर पनि डिभोर्स भैसकेको छ । बितेको समय कहिल्यैपनि फर्केर नआउने भएको हुँदा समयमै काम गर्नुपर्ने उनको तर्क छ । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार