होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभाको बैठक बस्दै
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

  • नागरिक रैबार
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ ।

बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन समितिकी सभापति निरुदेवी जैरुले पेस गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी पनि गराउने छन् । सिरहा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको यही भदौ ४ गते निधन भएपछि उनको स्थान हाल रिक्त भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार